

हिमाली जिल्ला हुम्लाका ५ वटा कार्यलयले सार्वजनिक सुनुवाइ गरेका छन् । जिल्ला प्रशासन कार्यलय हुम्लाको आयाेजनामा जिल्लाका पाँच कार्यलय सामाजिक बिकास कार्यलय, पुर्ब धार बिकास कार्यलय, प्रधानमन्त्री कृषि आधुनिकरण परियाेना , खाने पानी तथा उर्जा बिकास कार्यलय र हिल्सा सिमिकाेट सडक आयाेजनाले एक बर्ष भरि भए गरेका काम काजकाे प्रस्तुत गरेर सार्वजनिक सुनुवाइ गरिएकाे थियाे ।
जिल्लाकाे सदरमुकाम सिमकाेटकाे बालमन्दिर माध्यमिक बिद्यालयमा भएकाे सर्बजनिक सुनुवाइमा सेवाग्राहीहरुकाे अनउपस्थितिमा सम्पन्न गरिएकाे थियाे । सार्वजनिक सुनुवाइ पाँच वटा कार्यलयका कर्मचारी बिचि सुनुवाइ भएकाे हुदा सार्वजनिक सुनुवाइकाे कुनै अर्थनै नभएकाे सार्वजनिक सुनुवाइमा बाेल्ने बक्ताले बताएका थिए ।
पाँच वटै कार्यलयकाे प्रस्तुत पछि संन्चारकर्मिले मात्र जिज्ञासा र गुनासाे गरेका थिए । पाँच वटै कार्यलयले पालै पालाे एक बर्षमा भए गरेका कामकाे प्रगति विवरण निकालेका थिए । सार्वजनिक सुनुवाइ गरेकाे भएपनि त्यसकाे प्रगति सुन्ने सेवाग्राही नभएकाले सबैले उकालत गरेका थिए ।
जति काम गरे पनि त्यसकाे कार्यलयलाई मात्र थाहा भएकाे तर सेवाग्राही लाई जानकार नभएकाे प्रष्ट देखिन्छ । सार्वजनिक सुनुवाइ प्रमुख जिल्ला अधिकारी नारायण पान्डेकाे अध्यक्षता र जिल्ला समन्वय प्रमुख शिव राज सर्माकाे प्रमुख आतिथ्यमा संचालन भएकाे थियाे ।
पाँच वटा कार्यलय मध्य केही कार्यलयका निमित्तकै भरमा सार्वजनिक सुनुवाइ गरिएकाे थियाे । सर्बजनिक सुनुवाइमा पाँच वटै कार्यलयका कर्मचारी , पत्रकार , राजनिती दल बिच सार्वजनिक सुनुवाइ सम्पन्न गरिएकाे थियाे ।