

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित लिमिको तिल गाउँमा बाढी पहिरो आएको छ । बिहिबार राती एक्कासी तिलगाउँ र कञ्जुम गुम्बाको बिच भएर बग्ने सेखाङलुग्वा खोलामा राती ११ बजेबाट बाढी पहिरो आएको हो । बाढी आएपछि स्थानियबासीन्दालाई रातीकै समयमा सुरक्षति स्थान हिमशिखर आधारभुत बिद्यालयको खुल्ला चौरमा सारिएको लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । अध्यक्षको गाउँ हल्जी भएकाले आफु विहान ६ वजे पहिरो ग्रस्त क्षेत्रमा पुगेको उहाँले बताउनुभयो ।
तिल गाउँमा रहेका वडा सदस्य तेम्बा तुण्डुप लामा लगायतका व्यक्तिहरूले आफुलाई जानकारी गराए अनुसार राती नै स्थानीयबासीलाई सुरक्षित स्थानमा राख्न सफल हुँदा मानविय क्षेती भने नभएको बताउनुभयो । बिना बर्षा एक्कासी बाढी आउदा स्थानिय त्रसीत बनेका छन् । यसरी बाढी आउनुको कारण गाउँमाथी हमिताल हुन सक्ने र सोही ताल फुटेर आउन सक्ने स्थानीयले आसंका गरिएको वडा सदस्य लामाको भनाई छ ।
राती एक्कासी बाढी आउदा तिल गाउँबाट गुम्बा आवतजावत गर्नेबाटो अबरोध भएको छ । भने त्यस क्षेत्रको भरखरै निर्माणधिन एक करोडको तिल लघु जल विधुतको १५ किलो वाटको पावर हाउस, सिंचाई कुलो, आलु र उवा खेती लगायतको क्षती गरेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
बाढी पहिरोले सबै तहसनहस बनाएपछि स्थानीय चिन्तित बन्दै गएका छन् । गाउँ छनलाई दुई मिटर मात्रै बाँकी रहेकोले जतिवेला जे पनि हुन सक्ने र हाल स्थानीयहरू जोखिम मोलेर बस्न बाध्य भएको अध्यक्ष तामाङको भनाई छ । पहिरोका कारण स्थानीय जोखिम मोलेर बस्नु मात्रै नभई आगामी दिन गास, बास र कपासको समेत कठिनाई हुने स्थानीयले गुनासो गरेका छन् ।
प्रहरीलाई बाढी आएको जानकारी शुक्रबार बिहान ८ बजे मात्र खबर भएको प्रहरी नायव उपरिक्षक संखर पोखरेलले बताउनुभयो । उहाँका अनुसार लिमिमा चिसो हुने भएकाले प्रहरीको टोलि गत कार्तिकमै सदरमुकाम सिमकोटमा झरेकोले पुनः प्रहरी चौकी स्थापना गर्नु पर्ने भएको छ । अवको केही दिनमा लिमिमा पनि प्रहरी चौकी स्थापना हुने उपरिक्षक पोखरेलले बताउनुभयो ।
बाढी पहिरो आएको जानकारी भएकाले हिल्साबाट विहान ९ वजे नेपाल प्रहरी र ससस्त्र प्रहरी बल गरि १३ जनाको टोलि पहिरो ग्रस्त स्थानमा प्रस्थान गरेको उपरिक्षक पोखरेलको भनाई छ । हिल्साबाट उक्त तिल गाउँ पुग्नलाई ६ घण्टा समय लाग्ने गर्दछ । क्षतीको विवरण भने प्रहरी पुगि सकेपछि मात्रै आउने भएको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानबिय क्षेति नभएको र त्याहाँ रहेका १८ घरपरिवार सामुदायिक बिद्यलयमा सुरक्षित राखिएको खवर आएको छ ।