जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Logo
नन्द सिंह बुधबार, चैत्र ११, २०८२

हुम्ला । जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सामाजिक विकास कार्यालय हुम्लाको आयोजनामा सिमकोट गाउँपालिका वडा नम्बर ५ स्थित भिमसेन आधारभूत विद्यालयमा जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सञ्चालन भएको थियो । डिजिटल युगमा शिक्षाको महत्व र यसले विकासमा पार्ने प्रभाव भन्ने विषयमा जिल्ला स्तरीय बक्तृत्वकला सञ्चालन गरिएको समाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वरबहादुर सिंहले जानकारी दिनुभयो । प्रमुख सिंहका अनुसार जिल्लाभरका माध्यामिक तहका विद्यार्थीहरूको सहभागितामा उक्त कार्यक्रम सन्चालन गरिएको थियो ।

जिल्लामा विद्यालय तहका विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्र्तरगत सामाजिक विकास कार्यालय हुम्लाले उक्त बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरेको हो । बक्तृत्वकला प्रतियोगितामा ताँजाकोट गाउँपालिका बाहेक अन्य ६ वटा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका छात्र, छात्राहरूको सहभागिता रहेको थियो । जसमा नौवटा विद्यालयका १६ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

सो बक्तृत्वकला प्रतियोगितामा खार्पुनाथ गाउँपालिका वडानम्बर ४ स्थित सीता माविका छात्रा सुनिता रोकायाले ७६.१६ प्रतिसत ल्याएर प्रथम, सिमकोट गाउँपालिका वडा नम्बर ७ स्थित कर्णाली माविका छात्रा सम्झना शाहीले ७६.०३ प्रतिसत ल्याएर दृतिय, खार्पुनाथ गाउँपालिका वडा नम्बर १ स्थित मालिका माविका छात्रा समिक्षा शाहीले ७५ प्रतिसत ल्याएर तृतिय र सिमकोट गाउँपालिका वडा नम्बर ८ स्थित सैपाल हिमाल माविका विष्ण बुढाले ७२.६६ प्रतिसत ल्याएर सान्तोना भएको कार्यालय प्रमुख सिंहले बताउनुभयो ।

त्यसै गरी प्रथम हुने विद्यार्थीलाई १५ हजार ६ सय ७०, दृतियलाई ९ हजार २०, तृतियलाई ६ हजार ५ सय २० र सान्तोना हुनेलाई ५ हजार २ सय ७० रुपियाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता कार्यक्रम जिल्ला समन्वय समिति हुम्लाका उपप्रमुख दलु फडेराको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला