नेटवर्क र 4G सेवा प्रभावकारी नहुँदा ठेहेका सेवाग्राही प्रभावितः स्थानीय युवाद्धारा जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेस

Logo
नन्द सिंह शुक्रबार, चैत्र २७, २०८२

हुम्ला । नमस्तेको नेटवर्क र 4G सेव प्रभावकारी नभएपछि सिमकोट गाउँपालिका–१ र २ का स्थानीय नागरिक उक्त सेवाबाट बञ्चित भएका छन् । विगत लामो समयदेखि सिमकोट गाउँपालिका–३ स्थित देउ सल्याडिमा रहेको नमस्तेको नेटवर्क र 4G सेवाले काम नगरेपछि सो क्षेत्रका नागरिक प्रभावित भएको स्थानीय नर भण्डारीले जानकारी दिनुभयो ।

दुईवटा वडा गरेर करीव ६ सय भन्दा बढी सेवाग्राही हाल उक्त सेवाबाट प्रभावित हुनु परेको स्थानीय भण्डारीले गुनासो गर्नुभयो । गाउँमा नमस्तेको नेट्रोक र 4G सेवाले पर्याप्त रुपमा काम गनरेपछि ठेहेका स्थानीय नागरिक आक्रोस बनेका छन् । यहाँ नत राम्रोसंग नेटवर्क काम गर्छ नत 4G सेवाले काम गर्छ जसको समस्या हामी स्थानीय नागरिकले खेप्नु परेको सेवाग्राहीले गुनासो गरेका हुन् ।

जसको प्रभाव सोही गाउँपालिका–१ र २ को ठेहे, दोजाम गाउँलाई प्रभाव परेको छ । हाल यो क्षेत्रमा सञ्चार तथा इन्टरनेट सेवा अत्यन्तै अव्यवस्थित, अविश्वसनीय तथा कमजोर अवस्थामा रहेको पाइएको छ । यसका कारण विद्यालय, स्वास्थ्य संस्थालाई पनि प्रभाव पारेको छ । उक्त समस्या उत्पन्न भएको भन्दै ठेहे गाउँका युवाहरूले शुक्रबार विहान १० वजे जिल्ला प्रशासन कार्यालय हुम्लामा संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको युवा सर्जन भण्डारीले बताउनुभयो ।

लामो समयदेखि सेवाग्राही प्रभावित भएको भन्दै युवाहरूले सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्द मार्फत नेपाल सरकारको ध्यानार्कषण गरेको छ । त्यस्तै नेपाल सरकारले लिएको प्रविधि मैत्री निति अनुसार हरेक सेवा डिजीटल बनाउने उद्देश्य लिए पनि सञ्चार तथा इन्टरनेटको सेवा गुणस्तर नहुँदा सेवा प्रवाहमा समस्या आएको छ । नेपालको संविधान २०७२ को धारा १८ मा समानताको हक सम्बन्धी ग्रामिण तथा दुर्गम क्षेत्रमा पनि समानरुपमा सञ्चार सेवा पुरयाउन राज्यको दायित्व भित्र पर्दछ ।

त्यसै गरी धार ५१ मा राज्यको निर्देशक सिद्धान्त तथा नितिमा आधारभुत सेवाको पहुँचमा सुचना तथा प्रविधिको विकास र विस्तार तथा सवै क्षेत्रमा पहुँच पुरयाउने व्यवस्था भए अनुसार यस क्षेत्रमा बाराम्बार समस्या आई गुनासो गर्दा पनि समस्याको समाधान नभएकोले यथाशिघ्र समाधानका लागि नेपाल सरकारको ध्यान जान जरुरत भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ । उक्त विषयमा आजैबाट पहल कदमी चाल्ने सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनुभयो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला