छिमेक लघुवित्तको ६९ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा 

Logo
Karnali Serophero बिहिबार, बैशाख १०, २०८३

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६९ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो । वैशाख १० गतेदेखि २१ गतेसम्म आवेदन पेश गर्न पाउने गरि कम्पनीले यी शेयर विक्रीमा आएका हो ।

यस अघि कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र निष्कासन गरेको थियो । सो अवधिमा विक्री नभएको यी शेयर दोस्रो व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको यी शेयर खरीद गर्न लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला