हुम्ला । नेपाल मानव अधिकार संगठन हुम्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । सिमकोटमा भएकोे संगठनको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।
नौ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। संगठनको अध्यक्षमा राजन रावत, कोषाध्यक्ष छपाल लामा, सदस्यमा गोबिन्दबहादुर शाही, रिन्जिन लामा, दिपक भण्डारी, लोग भण्डारी, ओभराज शाही, टाक्पा जिग्मेत लामा र कालीबहादुर शाही रहेका छन् ।
यसअघि संगठनकाे अध्यक्षमा दुई कार्यकाल जयदेवी शाही रहेकी थिईन । निर्विरोध चयन भएपछि अध्यक्ष रावतले जिल्लामा मानव अधिकारका क्षेत्रमा काम गर्ने बताए ।