गाउँपालिका भवन आगाे लगाएकाे आराेपमा स्वास्थ्यकर्मी गिरफ्तार

Logo
नन्द सिंह मंगलबार, भाद्र २३, २०८३

हुम्ला । ताँजाकाेट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी गरेकाे आराेपमा साेही प्रहरीले गाउँपालिका–४ गल्लाबाडाका ४७ वर्षीय कृष्णचन्द्र जैसी र ताँजाकोट गाउँपालिका- ४ मा घर भई गाउँपालिका पुर्वस्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाललाई गिरफ्तार गरेकाे छ ।

भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनामा संलग्न भएको पुष्टि भएपछि भदौ २२ गते उनिहरु दुवैजनालाई गाउँबाटै नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेकाे डिएसपी शंकर खड्काले बताउनुभयाे ।

उहाका अनुसार गाउँपालिका भवन आगलागी भएकअे भन्दै साेही समयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिले गठन गरेकाे थियाे ।

पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम हुम्ला जिल्ला अदालतमा उपस्थित गराई जिल्ला अदालत हुम्लाले ७ दिनको म्याद थप गरिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे र आगलागीको वास्तविक कारण तथा घटनामा उनीहरूको संलग्नतासम्बन्धी थप तथ्य अनुसन्धान पूरा भएपछि खुल्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट जिंसी शाँखामा राखीएको काठको र्याग ४ वटा, सुत्ने खाट एउटा, टेबल एउटा, सोलारको व्याट्री १ सहित आर्थिक वर्ष २०७३।०७४ देखी हाल सम्मका कागजातहरु जलेका थिए ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला