क्यापिटल म्याक्स सेक्युरिटिले ३०.९ प्रतिशत लाभांश वितरण गर्ने

Logo
Karnali Serophero बिहिबार, मंसिर १८, २०८२

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले पुस ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञानेश्वर, काठमाडौंमा दिनको ३ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उल्लेखित प्रस्तावहरुसँगै कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले गरेको छ । यो कम्पनी धितोपत्र दलाल व्यवसाय गर्ने कम्पनी हो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला