काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार रुपैयाँको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष पनि कम्पनीले यहि अनुपातमा लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
