केही दिन अगाडि यो काठमाडौं को व्यस्त र कोलाहलले भरिएको सहरमा एक जना महिला साथि भेटे उँ सँग कुरा गर्दै गर्दा हामी कति छिटो नजिक भयौं थाहा भएन आज उनले गहभरि आँसु पार्दै आफ्नो प्रेमकथा सुनाइन् आफ्नो प्रेमको कथा यसरी सुनिदिने कोही भए मन हलुका हुन्छ भन्ने भावनासहित उनले बोल्न थालिन् । भर्खरै उनी कक्षा ११ सकेर कक्षा १२ पढ्न लागेकी थिइन् । उनी अत्यन्त इमानदार, मेहनती र स्वभावले नम्र थिइन् । मन सफा थियो, सोच फरक थियो परिवारमा बुवाआमा दुवै हुनुहुन्थ्यो । अरू दिदीबहिनीभन्दा उनको सोच र जीवनप्रतिको दृष्टिकोण अलि फरक थियो ।
पढ्दैगर्दा नै उनले सानो जागिर गर्न थालेकी थिइन् । पढाइ खर्चका लागि परिवारसँग माग्न उनलाई अप्ठ्यारो लाग्थ्यो । कक्षा १२ मा भर्ना भएपछि उनको जीवनको कथा वास्तवमै सुरु भयो महिनाको ३,५०० रुपैयाँ तलबको जागिर गर्थिन् । जसोतसो आफ्नै गुजारा चलाइरहेकी थिइन् । भनिन्छ नि भगवान्ले दयालु र सहयोगी मान्छेलाई नै बढी दुःख दिनुहुन्छ । उनको जीवनमा पनि त्यही भयो उनको गाउँकै सँगै पढ्ने साथी श्याम (काल्पनिक नाम) थियो श्यामको अर्को साथी निशान्त (काल्पनिक नाम) थियो श्याम र म सँगै पढेकाले होला ऊ सधैं जिस्काउँथ्यो “मेरो साथी छ लभ गर्न ?” म नसुनेझैँ गरेर हिँड्थेँ । तर एक दिन श्यामले निकै कर गरे “प्लिज मेरो लागि कुरा गरिदेऊ” अन्ततः म सहमत भएँ । फागुन महिनाको ३ गते निशान्तले मलाई पहिलो पटक फोन गरे । “हेल्लो म श्यामको साथी निशान्त” उनको स्वर सुन्नासाथ मन कताकता आनन्दित भयो मैले अनायासै भनें “हजुरको स्वर कति मिठो रहेछ” त्यसपछि सामान्य कुराकानीबाट हाम्रो संवाद सुरु भयो । धेरै पटक अनुरोध गरेपछि मात्र श्यामले नम्बर साटिदिएको थियो निशान्तले भन्यो “आज त मेरो मनको इच्छा पूरा भयो” म मुस्कुराएँ प्रेम दिवसको शुभकामना पनि ढिलै भए पनि आदान–प्रदान भयो त्यसपछि त रातभर कुरा गर्दागर्दै बिहान भएको पत्तै हुन्थेन । निशान्तले मलाई धेरै हँसाउँथ्यो कहिले थाहा नै भएन ऊप्रति गहिरो माया बसेछ । हामीले एकअर्कालाई देखेका पनि थिएनौँ तर कुरा गर्दा “कति माया बसेछ है” भनेर हाँस्थ्यौँ ।एक दिन उसले भन्यो “भोलि भेटौँ न म र श्याम आउँछौँ” म सहमत भएँ भोलिपल्ट आकाश कालो–निलो थियो सिमसिम पानी परिरहेको थियो म छाता ओढेर उभिएकी थिएँ । अचानक निशान्त नजिक आयो र भन्यो “छाता ओढाउने होइन ?” भन्दै मेरो छाता खोस्यो म लजाएर श्यामतिर गएँ । त्यो दिन श्यामले भन्यो “नयाँ हो घुमाइदेऊ है” म सहमत भएँ ।
पहिलो भेटमै हामी झन नजिक भयौँ पानीमा भिज्दै हिँड्यौँ, धेरै हाँस्यौँ धेरै कुरा गर्यौँ कफी दुवैलाई मन पर्ने रहेछ सँगै कफी पनि खायौँ छुट्टिने बेला मन भारी भयो पानीमा भिजेकाले निशान्त धेरै बिरामी परेछ । राति फोन गरेर रोयो “बुवा–आमाको धेरै याद आयो” म पनि रोएँ म लिन आउँछु, अस्पताल लैजान्छु भनेँ तर उसले मानेन सायद त्यही बिरामीले हाम्रो माया अझ गहिरो बनायो । केही समयपछि उसले भन्यो “अब म घर जान्छु बुटवल” म केही बोलिनँ, केवल “हुन्छ” भनेँ । घर गएपछि फोन कम हुन थाल्यो । सोध्दा कहिले टावर छैन, कहिले गाउँ गएको भन्ने बहाना पछि थाहा भयो धेरै कुरा झुट थिए निशान्त सरकारी जागिरमा रहेछ । श्याम पनि धेरै कुरा लुकाइरहेको रहेछ । तर निशान्तले जति झुट बोले पनि मैले उसलाई साँचो माया गरेँ ।
एक दिन ड्रेस लगाएको फोटो पठायो झन माया लाग्यो उसले माफी माग्यो, मैले सजिलै माफ गरेँ । किनभने मैले उसको रूप पैसा होइन मनलाई माया गरेकी थिएँ । तर ऊ बारम्बार हराउँथ्यो म रोएँ, बिरामी परेँ अन्ततः सत्य थाहा पाएँ उसले पहिले नै बिहे गरिसकेको रहेछ । त्यो सुन्दा म रुखबाट खसेजस्तै भएँ । जीवनमै सबैभन्दा ठूलो गल्ती माया र विश्वास गर्नु रहेछ भन्ने लाग्यो । त्यही बेला एक जना दाइले मलाई बहिनीझैँ सम्झेर सान्त्वना दिनुभयो उहाँ नभएको भए सायद म आज यो संसारमै हुने थिइनँ दुधको नाता नभए पनि उहाँसँग रगतको नाता जस्तै सम्बन्ध बन्यो । निशान्तले रोएर माफी माग्यो “तिमी जस्तो केटी पाउन गाह्रो छ” भन्थ्यो म उसको आँसु हेर्न सक्दिनथेँ फेरि माफ गरेँ तर साथ दिने कुरा केवल शब्दमै सीमित रह्यो ।
समय बित्दै गयो महिना, वर्ष ऊ फेरि हरायो एक दिन अचानक आएर सरप्राइज दियो फ्रान्स आर्मी जाने तयारीमा रहेछ अन्तिम पटक भेट्न आएको रे म फेरि मुस्कुराएँ उसको खुसीमै मेरो खुसी थियो । त्यसपछि ९–१० वर्ष बिते कहिले सामाजिक सञ्जालमा खोजेँ, कहिले एक झलक देख्ने आशा गरेँ अन्ततः ब्लक गरियो तब बुझें सायद यो सबै केवल नाटक थियो आज पनि आँखा उसैलाई खोज्छ । एक पटक मात्र भेट होस् भन्ने चाहना छ । केही प्रश्न सोध्नुछ । त्यसपछि त्यो अध्याय सधैंका लागि बन्द गर्न चाहन्छु ।
यो कथाले एउटै कुरा सिकाउँछ ।
माया सबैभन्दा सुन्दर भावना हो तर सबैभन्दा छिटो विश्वास गर्न नहुने पनि यही हो ।
