अवैध चोरी शिकारी घटना पछिको झडपः हुम्ली नागरिकको दावी 

Logo
नन्द सिंह आइतबार, जेठ १०, २०८३

हुम्ला । गत तीनसातादेखि हुम्ला–बाजुरा सिमाना विवादको मुख्य कारण हुम्लाको भोकचलन गर्दै आएको भूमि लामपाटा, रानी खर्क र च्या चउर बाजुराका स्थानीय नागरिकले आफ्नो भएको दावी गरेपछि उक्त क्षेत्रको सिमा विवाद उत्कर्षमा पुगेको छ ।

बाजुराका स्थानीय, जनप्रतिनिधि र सञ्चारकर्मीको एक लौटि हुम्लाको भूमिलाई आफ्नो भन्ने अडान राखेपछि अहिले व्यक्ति मात्रै नभई अन्तर जिल्लाको विवाद उत्कर्षमा पुगेको हो । उक्त सिमा विवाद भएसंगै हुम्लाका जनप्रतिनिधि, राजनितिदल र सञ्चारकर्मी पनि यसको कारण खोज्न तर्फ जुटेका छन् ।

यस अघि दुई जिल्लाका नागरिकको लामपाटामा झडपमा सहभागि भएका थला समुदायीक बनका अध्यक्ष लागयतको टोलि हुम्ला आइ पुगेको छ ।

उक्त घटनाको मुख्य कारण भनेको बाजुराका स्थानीयले हुम्लाको बन क्षेत्रमा अराजक शैलिमा चोरी शिकारी, अवैध काठ दाउरा पुर्जी विना शंकलन गरेको भेटेपछि दुई जिल्लाका स्थानीयको विवाद भएको हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली थला समुदायीक बन उपभोक्ता समितिका अध्यक्ष देवराज रावलले जानकारी दिनुभयो ।

हुम्लाको थला सामुदायीक बनमा बाजुराका स्थानीयले बनजंगलमै बसेर राष्ट्रिय पंक्षी डाँफे, जंगली जनावरमा झारल मारेको, विना पुर्जी जंगल फडानी गरी नोक्सानी गरेको प्रमाण भेटिएपछि आफुले यस्तो गर्न नमिल्ने आग्रह गर्दा उल्टै बाजुराको टोलि आएर हुम्लाका स्थानीयप्रति खनिएको अध्यक्ष रावलको दावी छ ।

अवैध रुपमा चोरी सिकारी लगायतका विभिन्न अराजक कामका लागि आवश्यक पर्ने औजारहरू समेत आफुहरूले फेला पारेको अध्यक्ष रावलले बताउनुभयो । बाजुराका स्थानीयले अवैध कामका लागि प्रयोग गरिएका सामग्री मध्य काठ च्यात्ने मेसिन दुई थान, बन्चरो दुई थान, फल्याक ५ सय, कडी २ सय र मारेको राष्ट्रिय पंक्षी डाँफे र झारल समेत हुम्लाका नागरिकले फेला पारेको तथ्य भेटिएको छ ।

यसको मुख्य कारण यही भएकोले पछि सिमा विवाद उत्कर्षमा पुगेकाे खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनुभयो । बाजुराका स्थानीयले यतिसम्मको अपराधिक काम गरेको भए पनि दुई जिल्ला विचको भाइचारा सम्वन्ध आफुहरू विग्राउने तर्फ नलागेको उहाँले बताउनुभयो ।

१८२६ देखि उक्त सिमाना हुम्लाकै भएको समेत प्रमाणित भएको पाइएको छ । यसको समधान र सहकार्यका लागि दुवै जिल्लाका नागरिकहरू लाग्नु पर्ने आश्यक देखिएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला