काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । मंसिर २५ गते बसेको कम्पनीले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १३ करोड ४० लाख ५४ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले सर्वसाधारणमा २०८० साल साउन ७ गते आईपीओ बाँडफाँट गरेको थियो । आईपीओ निष्कासन गरेको वर्षदेखिनै कम्पनीले लाभांश वितरण गरेको हो ।
