सामाजिक बिकास कार्यालयद्धारा हालसम्म गरेको प्रगति समिक्षा

Logo
Karnali Serophero सोमबार, चैत्र ०९, २०८२

हुम्ला । सामाजिक बिकास कार्यालय हुम्लाले हालसम्मको प्रगति समिक्षा गरेको छ । उक्त कार्यालयको चालु र पुँजीगत खर्च सहितको प्रगति हो । उक्त कार्यालयको बित्तिय प्रगति हालसम्म २६ दशमलव ११ प्रतिशत रहेको कार्यालयद्धारा आयोजना गरिएको समिक्षा कार्यक्रममा विवरण पेश गरिएको छ ।

चालु आर्थिक वर्षमा कार्यालयको चालुतर्फ एक करोड ४ सय ५६ लाख २१ हजार रहेकोमा हालसम्म ७० लाख ९१ हजार १ सय ८५ रुपियाँ खर्च भएको छ । भने ४८ दशमलव ५० प्रतिशत वित्तिय प्रगति देखिएको छ । त्यसैगरि पुँजीगततर्फ २० करोड २३ लाख बजेट बिनीयोजित भएकोमा हालसम्म ४ करोड ९५ लाख ६३ हजार ५ सय रुपियाँ खर्च भएको छ । यो २४ दशमलव ४५ प्रतिशत खर्च भएको छ ।

यसरी हालसम्म बित्तिय प्रगति कम हुनुको कारण चालु तर्फ दरवन्दी अनुसार कर्मचारी नहुनु र भौतिकतर्फ मंसिरदेखि फागुनसम्म चिसोले गर्दा सिमेन्टबाट गरिने कामहरु रोकिएको सो कार्यालयका प्रमुख इश्वरबहादुर सिंहले बताउनुभयो ।

यतिबेला बित्तिय प्रगति कम भएपनि असारसम्म त्यसलाई ९५ प्रतिशत पुर्याउने प्रतिबद्धता उहाँले कार्यक्रममा बताउनुभयो । भौतिक पुर्वाधारतर्फ सो कार्यालयले ४८ वटा योजनाहरु ३० लाख तलका रहेको र त्यसमा उपभोक्ता समितिबाट काम भई रहेका छन् । यी मध्य १७ वटा योजनाको काम सम्पन्न भएर अब अन्तिम भुक्तानीको चरणमा रहेको प्रमुख सिंहको भनाई छ ।

३० लाख भन्दा बढी बजेटका १९ वटा योजनाको ठेक्काबाट काम भई रहेको कार्यालयले जनाएको छ । कार्यालयले यस आवमा गर्ने सवै कामहरु आगामी जेठ मसान्तसम्म सम्पन्न गर्ने र असार महिनामा कागजात मिलाउने काय गर्ने गरि कार्यालय लागि रहेको जानकारी गरिएको छ । सो कार्यालयले उपभोक्ता समितिबाट गरिने योजनाको सम्झौता गत भदौ महिनामा गरि सकेको थियो भने केही मंसिर महिनामा गरेको थियो । ठेक्काबाट गरिने योजनाको सम्झौता पनि समय मै गरेको थियो । समिक्षा कार्यक्रम बोल्ने अधिकाँस बक्ताहरुले कार्यालयको काम चुस्त, दुरुस्त, छिटो, छरितो रुपमा सम्पादन भएको बताएका थिए ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला