सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका जग्गाको लगत कट्टा गर्ने

हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका चलन चल्तीमा आएका बाटो, सडक र सार्वजनिक जग्गाको लगत कट्टा गर्ने भएको छ ।
Logo
Karnali Kerophero बुधबार, बैशाख ०५, २०८१

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका चलन चल्तीमा आएका बाटो, सडक र सार्वजनिक जग्गाको लगत कट्टा गर्ने भएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को अध्यक्षतामा बसेको बैठकले दुई वटा निर्णग गरेको छ ।

जसमा गाउँपालिका र मालपोत कार्यालयको सहकार्यमा सिमकोट क्षेत्र भित्रका सार्वजनिक जग्गाहरुको विवरण तयार गर्ने निर्णय गरेको छ । भने गाउँपालिकाले आफ्नो क्षेत्रभित्रमा रहेका सार्वजनिक जग्गाको लगत कट्टा गर्ने भएको हो । यसको आवश्यक सहजीकरण जिल्ला प्रशासन कार्यालय हुम्लाले गर्ने भएको छ । भने प्राविधिक सहजीकरण मालपोत कार्यालय र नापी कार्यालयले गर्ने भएको सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए ।

आवश्यक सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट सहयोग माग्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाई छ ।
यस्तै गाँउपालीका क्षेत्र भित्र रहेका सडकहरुको स्तरउन्नती हुने भएको छ । सडक तलमाथि रहेका घरहरुले अनिवार्य रुपमा सात मिटरको जग्गा खाली गर्न गाँपालीकाले अनुरोध गरेको छ । सिमकोट बजारको जिल्ला अस्पतालको मुलद्धारदेखि मानसरोवर विद्यालयसम्म सडकको चौडाइ र मर्मत गर्ने भएको छ ।

त्यस्तै बाजारमा रहेका गल्ली भित्रका रोडको पनि मर्मद हुने भएको छ । कार्यक्रममा सिमकोट गाउँपालिकाका भण्डारी, प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, गाँउपालीका उपाध्यक्ष शुसिला रोकाया (भाम), प्रमुख प्रशासकिय अधिकृत शुवास आले, जिल्ला स्थित विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न वडाका वडाध्यक्ष लगायत सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]