चंखेली–५ मा अज्ञात समूहद्वारा वल्डिङ सेवा तोडफोड

Logo
नन्द सिंह बुधबार, कार्तिक ०५, २०८३

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नम्बर वडा कार्यालयमा राखिएको वल्डिङ सेवा अज्ञात समूहले तोडफोड गरेको छ ।

असोज २ गते सोमबार राति अपरिचित समूहले वडा कार्यालयमा रहेको वल्डिङ सेवा तोडफोड गर्नुका साथै त्यहाँ रहेका सामग्रीमा क्षति पुर्‍याएको वडा अध्यक्ष हर्कधन तामाङले जानकारी दिनुभयो ।

इन्टरनेट तथा नेटवर्कसम्बन्धी सेवा प्रदान गर्ने उक्त उपकरणमा तोडफोड भएपछि सेवा सञ्चालनमा समस्या उत्पन्न भएको छ ।यसबाट स्थानीय नागरिकलाई इन्टरनेट तथा नेटवर्कसम्बन्धी सेवा लिन कठिनाइ हुने वडा अध्यक्ष तामाङले बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहमा सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यालयमा राखिएको उक्त सेवा तोडफोड हुँदा स्थानीयस्तरमा सञ्चालित सेवा प्रभावित हुने अवस्था आएको उहाँको भनाइ छ ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान नखेलेकाले उनिहरुकाे खोजी भइरहेको जनाइएको छ । स्थानीयस्तरमा इन्टरनेट तथा नेटवर्कसम्बन्धी सेवा प्रवाहका लागि राखिएको उपकरणमा तोडफोड भएपछि सेवा नियमित सञ्चालन गर्न समस्या हुने भएकाे छ ।

घटनाका विषयमा हालसम्म प्रहरीलाई जानकारी नगराएको अध्यक्ष तामाङकाे भनाइ छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला