सुत्केरी भएको साढे एक घण्टामै महिलाको मृत्यु

सुत्केरी भएको साढे एक घण्टामै एक महिलाको मृत्यु भएको छ ।
Logo
Karnali Kerophero मंगलबार, बैशाख ११, २०८१

हुम्ला । सुत्केरी भएको साढे एक घण्टामै एक महिलाको मृत्यु भएको छ । सर्केगार्ड गाउँपालिका–७ को रोडिकोट गाउँकी २४ वर्षीया रिता हमालको सुत्केरी भएको साढे एक घण्टामै मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ०८१ वैशाख ९ गते राति साढे नौ बजे रोडिकोट स्वास्थ्य चौकीमा छोरी जन्माएकी थिइन् ।

त्यसपछि हमालको होस नआएर राति १२ बजे मृत्यु भएको थियो । जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले सुत्केरी भइसकेपछि उच्च रक्तश्रावका कारण हमालको मृत्यु भएको बताइन् । बगिरहेको रगत रोक्नका लागि जति औषधि गरे पनि नरोकिँदा उनको मृत्यु भएको बताइएको छ ।

हमाल पहिलो पटक सुत्केरी भएकी हुन् । नवजात शिशु भने यतिबेलासम्म सकुशल रहेको मृतकका आफन्त सक्कलाल उपाध्यायले बताए । नवजात शिशुलाई सर्किदेउ स्वास्थ्य चौकीमा लगिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]