काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित पुस २३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कुण्डलिनी रोयल्स, जोरपाटी,काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै गत आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुको साथै चालू आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
