नौ सदस्यीय भेडाबाख्रा जोन सञ्चालक समिति गठन

जिल्लाको सर्केगाड गाउँपालिका अन्तरगतका तीनवटा वडाको संयुक्त रुपमा भेडाबाख्रा जोन सञ्चालक समिति गठन गरिएको छ ।
Logo
Karnali Kerophero शनिबार, जेठ २६, २०८१

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका अन्तरगतका तीनवटा वडाको संयुक्त रुपमा भेडाबाख्रा जोन सञ्चालक समिति गठन गरिएको छ ।
परियोजना कार्यन्वयन इकाई कार्यालय हुम्लाको आयोजनामा सर्केगाड गाउँपालिका वडा नम्वर ५, ७ र ८ का स्थानीय कृषकहरूको संयुक्त सहकार्यमा जेठ २२ गते सर्केगाड गाउँपालिका केन्द्रमा उक्त समिति गठन गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तरगत तीन वर्षे भेडाबाख्रा जोन सञ्चालक समिति गठन भएको परियोजना कार्यन्वयन इकाई कार्यालय हुम्लाका प्रमुख राम दरेश रायले जानकारी दिए । उनका अनुसार उक्त समिति गठनका लागि सदरमुकाम सिमकोटबाट टोलि सर्केगाडमा पुगेको थियो ।

जसमा राजेन्द्र कार्की संयोजक, रुप बहादुर रोकाया सहसंयोजक, भरत मल्ल सचिव, श्रृजना बुढा ऐडी कोषाध्यक्ष, सहित नौ सदस्यीय सञ्चालक समिति गठन भएको छ ।

त्यस्तै नि. वर्तमान भेडाबाख्रा सञ्चालक समितिले तीन वर्षे कार्यकालमा सन्तोष जनक कार्य निर्वाह गरेको भन्दै सोहीदिन विदाई कार्यmम समेत सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा कार्यालय प्रमुख राम दरेश राय, तीनवटै वडाका वडा अध्यक्ष, कृषकहरू लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]