सुर्खेत क्षेत्र नम्बर १ बाट बिजय हुनु भएको खड्कालाई हार्दिक बधाई तथा शुभकामना 

ऐतिहासिक विजयका लागि हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल, प्रभावकारी र उदाहरणीय कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
Logo
लिजा क्षेत्री शनिबार, फाल्गुण २३, २०८२

युवाहरूका ढुकढुकी, अत्यन्त भद्र, सालीन तथा समाजसेवामा समर्पित व्यक्तित्वका धनी, विकासप्रेमी आदरणीय सर विष्णु बहादुर खड्काज्यू प्रतिनिधि सभा निर्वाचन २०८२ मा सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट २६,८९७ मत ल्याएर ८,००७ मतको प्रभावशाली अन्तरले विजयी हुनुभएको खबरले हामी सबै अत्यन्त हर्षित तथा गौरवान्वित भएका छौँ ।

जनताको विश्वास, आशा र अपेक्षालाई आत्मसात् गर्दै यहाँसम्म पुग्नुभएको यस ऐतिहासिक सफलताले उहाँको नेतृत्व क्षमता, जनसेवाप्रतिको प्रतिबद्धता र निरन्तर सक्रियताप्रति जनताले व्यक्त गरेको भरोसालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ । यो विजय केवल व्यक्तिगत सफलता मात्र नभई समग्र सुर्खेतवासी र विकासप्रेमी नागरिकहरूको साझा उपलब्धि पनि हो।

आगामी दिनहरूमा उहाँले जनताको भावना र आकांक्षालाई केन्द्रमा राख्दै सुशासन, पारदर्शिता, विकास र समृद्धिको मार्गमा थप सशक्त भूमिका निर्वाह गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ । यस ऐतिहासिक विजयका लागि हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सफल, प्रभावकारी र उदाहरणीय कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । उहाँको निरन्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौँ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला