टावरले काम नगर्दा सेवाग्राहीलाई समस्या

सिमकोट गाउँपालिका–७ स्थित धारापोरीको टावरले काम नगर्दा सेग्राहीलाई समस्या भएको छ । उक्त नमस्तेको टावरले काम नगरेपछि सिमकोट र नाम्खा गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।
Logo
लोग भण्डारी सोमबार, जेठ २८, २०८१

हुम्ला । सिमकोट गाउँपालिका–७ स्थित धारापोरीको टावरले काम नगर्दा सेग्राहीलाई समस्या भएको छ । उक्त नमस्तेको टावरले काम नगरेपछि सिमकोट र नाम्खा गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । गत चार वर्षदेखि यता नियमित रुपमा सञ्चालनमा आएको सो टावरले पछिल्लो समय निकै धोका दिन थालेको स्थानीयले गुनासो गरेका हुन् ।

नमस्ते टेलिफोन सेवाको फोरजीले काम नगर्दा सेवाग्राहीले इन्टरनेटमा जोडिन नसकेको गुनासो गरेका छन् । पातिहाल्नमा राखिएको नेपाल टेलिकम सेवाको फोरजीले दश घण्टा मात्रै काम गर्दा इन्टरनेटमा जोडिन नसकेको त्यस क्षेत्रका सेवाग्राहीले गुनासो गरेका छन् । विहानको एघार बजेदेखि रातीको आठ बजेसम्म उक्त टावरले काम गर्दा अन्य समय यो सेवाबाट बञ्चित हुनु परेको स्थानीय भरत सिंहले जानकारी दिए ।

उक्त टावरमा जडान गरिएका सबै सामग्री पुराना भइसकेका कारण टावरले दश घण्टा मात्रै काम गर्ने गरेको सिंहको भनाई छ । हिल्दुम जलविद्युतको विद्युत सेवा नपुगेका कारण यहाँका सेवाग्राहीले सास्ती खेप्नु परेको हो । टारवमा राखिएका सोलार सहितका सबै सिस्टम समेत पुराना भएकाले पनि टावरले धोका दिने गरेको सिंहले जानकारी दिए ।

नयाँ सोलार सहितको माग गरेपनि सम्बोधन हुन नसकेको उनको भनाई छ । सिमकोट गाउँपालिका–७ र ८ का पुरै वडावासी सहित नाम्खा गाउँपालिकाको केर्मी, धिगा, हेप्का लगायत गाउँका सेवाग्राहीले समस्या भोग्नु परेको छ । उक्त टावर व्यवस्थीत गर्नका लागि सम्बन्धित निकायले व्यवास्था गरेको यहाँका स्थानीयको गुनासो छ ।

उक्त क्षेत्रमा रहेको टावर मर्मतका लागि सिमकोट गाउँपालिकाले आर्थिक सहयोग, नेपाल विद्युत प्राधिकरण हुम्लाले विद्युत लाइन विस्तार सहयोग र नेपाल टेलिकम शाखा हुम्लाले जडानको सहयोग गर्ने भनि मौखिक सहमित भएपनि सम्बन्धित निकायले लागु गर्न नसकेका हुन् ।उक्त टावरले दश घण्टा मात्रै काम गर्दा सिमकोटको डाडाफयाँ, ओखरेन, धारापोरी, चौगनफयाँ, स्याडा, खोल्सी, पाङ्लाथुम सहित नाम्खा गाउँपालिकाको धिगा, केर्मी, लामाखोल्सी, हेप्का गाउँ लगायतका सेवाग्राही मर्कामा परेका छन् ।

त्यस क्षेत्रमा रहेको टावरले बारम्बार काम नगर्दा सेवाग्राहीले समस्या भोग्दै आउनु परेको छ । टावरमा २४ सै घण्टा विद्युत सेवा उपलब्ध गराएर सञ्चालनमा ल्याउनका लागि नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयवासीले बताएका छन् । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टा पैदल हिँडेर सदरमुका सिमकोटमा आएर इन्टरनेट सेवामा जोडिएर सम्पर्कमा आउनु पर्ने बाध्यता रहेको स्थानीयवासीको भनाई छ ।

उक्त क्षेत्रमा रहेको टावरले कहिलेकाहीँ मात्रै काम गर्ने गरेको छ । लामो समयदेखि विहान र रातीको समयमा सामाजिक सञ्जाल इन्टरनेटमा आफन्तसँग सम्पर्कमा जोडिन नसकेको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]