‘एक्का तीन’मा पुष्प फाइनल, पूजासँग जोडी पक्का

Logo
Karnali Serophero बुधबार, चैत्र २५, २०८२

काठमाडौं । आउँदो वर्षको जेठ महिनाबाट फिल्म ‘एक्का तीन’को छायांकन सुरु हुने भएको छ। फिल्मका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिममा पुगेको बताएका छन्।

यो फिल्ममा नायिका पूजा शर्मा फाइनल भइसकेकी छिन् । अब, फिल्ममा नायक पुष्प खड्काको पनि प्रवेश भएको छ। पुष्पसँग कागजी संझौता गर्दै निर्माण टिमले लाइनअप बलियो बनाइरहेको छ।

यो फिल्मलाई एक्सन जनरामा निर्माण गर्ने तयारी रुपेशको छ।फिल्ममा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन। निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्मबाट एक–एक जना नव–नायक र नव–नायिकालाई भित्राउने तयारी पनि गरिएको छ ।

सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन् । पुष्प र पूजाले फिल्म ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन्। केही म्युजिक भिडियोमा काम गरेका यी दुइलाई  दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला