‘लाइफ ड्यामेज’ मा समाबेश चलचित्रकाे गीत सार्वजनिक

Logo
Karnali Serophero बुधबार, बैशाख ०९, २०८३

काठमाडौं। ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समाबेश गीत सार्वजनिक गरिएको छ। जेठ १ गतेलाइ प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर रिलिज गरिएको हो। सार्वजनिक डान्सिङ्ग नम्बरको गीतमा एसडी योगीको संगीत,आदर्श सुशीलको शब्द रचना, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ। सार्वजनिक गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन्।

केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका छन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन्।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन्। पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले  ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताएका । कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले सिनेमा हेरुञ्जेल रमाइलो बनेको र दर्शकको मन जित्नेमा ढुक्क रहेको बताए। अभिनेत्री सुरक्षा पन्तले सिनेमाको आइडिया मन परेकोले आफुले काम गरेको बताइन्।

चलचित्रमा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ। गीतको भिडियो फन रिभोलुसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला