हुम्ला । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका अन्तरगतको वास इकाईको आयोजना तथा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को आर्थिक सहयोगमा सर्केगाड बजारमा पालिका स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको हो ।
वैशाख १८ गतेदेखि २० गते तीन दिनसम्म सञ्चालन भएको पालिका स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगितामा जम्मा १४ वटा टिमले टिम दर्ता गराएका थिए । “घरघरमा चर्पी छ, यसमा हामीलाई गर्व छ” भन्ने नाराका साथ उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको हो ।
प्रतियोगतामा कुसल कुमार चौलागाई र शागर शाही प्रथम, सुदिप सुनुवार र अर्जुन सुनार द्धितिय र निल विक्रम शाही र जगदिश ऐरको टिम तृतीय भएका थिए । प्रथम, द्धितिय र तृतीय हुने टिमलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपियाँ सहित सरसफाइसंग सम्वन्धित आनीबानी परिवर्तनका औजारहरू प्रदान गरिएको थियो ।
उक्त खेलमा सान्तोना हुने टिमका सुरेन्द्र सिंह र जानबहादुर शाहीको भने टिम दर्ता शुल्क १ हजार रुपियाँ फिर्ता गरिएको सुस्वाका कार्यक्रम संयोजक निलबिक्रम शाहीले जानकारी दिनुभयो ।
संयोजक शाहीको अध्यक्षता तथा निमित्त प्रमुख प्रशाशकीय अधिकृत कृष्ण किसोर आचार्यको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सन्चालन हुनुका साथै सौहार्दपुर्ण ढंगले सम्पन्न भएको थियो ।
