सिसिटिभी जडानले हवाई यात्रुलाई सहज

Logo
नन्द सिंह मंगलबार, आषाढ १६, २०८३

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट स्थित विमानस्थलमा सिसिटिभी जडान गरिएपछि हवाई यात्रुलाई सहज भएको छ । समिट एयर सिमकोट स्टेशनले सदरमुकाम सिमकोटमा रहेको विमान स्थल र सिमकोट गाउँपालिका–३ नम्बर वडाको तोर्पामा सिसिटिभी जडान गरेपछि हवाई यात्रुलाई सहज हुने भएको हो । समिट एयरका क्याप्टेन ओङ दोर्जे सेर्पाको पहलमा ओयप क्याम्प नेपालको आर्थिक सहयोगमा सिसिटिभी सहयोग गरिएको समिट एयर सिमकोट स्टेशन इन्चार्ज गोविन्द लामाले बताउनुभयो ।

सिसिटिभी (क्यामेरा) उक्त संस्थाले सहयोग गरे पनि अन्य प्राविधिक खर्च भने सिमकोट स्टेशनले गरेको इन्चार्ज लामाले बताउनुभयो । उक्त सिसिटिभी शनिबार जडान गरिएको छ । शनिबारदेखि यता हुम्ला आवागमन हुने यात्रुलाई सहज भएको छ । उक्त समिट एयरले दुई ठाउँमा सिमकोट लाइभ भन्ने नामको युटुव खोलेको छ । उक्त युटुवमा सिमकोट लाइभ भन्ने लेख्दा वित्तिकै सिमकोटदेखि मुने लेखसम्मको मौसम हेर्न सकिने व्यवस्था भएको छ । यस अघि देशका जुनसुकै सहरमा रहेर हुम्लाको सिमकोट प्रस्थान गर्नु परेमा फोनका भरमा मौषमको अवस्था बुुझ्नु पर्ने थियो भने अव यो समस्या समधान भएको सहायक स्टेशन इन्चार्ज रामबहादुर रोकायाले बताउनुभयो ।

उहाँका अनुसार यसको मुख्य उदेश्य हवाई जहाज र यात्रुले विचबाटोमा पुगेर फिर्ता हुनु नपर्ने भएको छ । विमानस्थल परिसरमा जडान गरिएको सिसिटिभी क्यामेरा मार्फत यात्रुको आवतजावत, सुरक्षा अवस्था तथा सेवा प्रवाहको निरन्तर निगरानी गर्न सकिने भएको विमानस्थल स्रोतले जनाएको छ । यसबाट यात्रुको भीड व्यवस्थापन, शंकास्पद गतिविधिको निगरानी तथा हराएका सामानको खोजीमा समेत सहज हुने भएको छ ।

यसअघि पर्याप्त निगरानी प्रणाली नहुँदा यात्रु व्यवस्थापन र सुरक्षा निगरानीमा केही कठिनाइ हुने गरेको थियो । अहिले भने सिसिटिभी प्रणाली सञ्चालनमा आएपछि विमानस्थलको सुरक्षा व्यवस्था थप प्रभावकारी बनेको छ । हवाई यात्रा नै मुख्य यातायातको माध्यम रहेको हुम्लामा दैनिक रूपमा ठूलो संख्यामा यात्रुहरूको आवागमन हुने भएकाले आधुनिक निगरानी प्रणाली आवश्यक रहेको स्थानीयवासीले पनि बताएका छन् ।

विमानस्थल प्रशासनका अनुसार सिसिटिभी जडानसँगै यात्रु सेवा सुधार, पारदर्शिता अभिवृद्धि तथा सम्भावित सुरक्षा जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुगेको छ ।स्थानीय सरोकारवालाले सिसिटिभी जडानले यात्रुको सुरक्षा अनुभूति बढाउनुका साथै विमानस्थलको समग्र सेवा व्यवस्थापनलाई थप व्यवस्थित र भरपर्दो बनाउने विश्वास व्यक्त गरेका छन् । अवदेखि जोसुकै मानिसहरूले सिमकोटको मौषम बुझ्न चाहेमा समिट एयरले जडान गरेको सिसिटिभीको सहायतामा चल्दै आएको सिमकोट लाइभ हेर्न सकिने भएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला