राष्ट्रिय परिचयपत्र नम्बर नआउँदा सेवाग्राहीलाई सास्ती

Logo
नन्द सिंह आइतबार, आषाढ २१, २०८३

हुम्ला । हुम्लाको मध्य तथा दक्षिण क्षेत्रका चार गाउँपालिकाका नागरिकको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न नसक्दा विभिन्न सरकारी सेवा लिनबाट वञ्चित भएका छन् । राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको र उक्त सेवामा पहुँच नपुग्दा सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

मध्य तथा दक्षिण क्षेत्रका सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका नागरिकले इलका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको लामो समय बितिसकेको भए पनि परिचयपत्र नम्बर प्राप्त गर्न सकेका छैनन् । परिचयपत्र नम्बर नहुँदा राहदानी, सामाजिक सुरक्षा भत्ता, बैंकिङ सेवा, सरकारी अनुदान तथा अन्य प्रशासनिक काममा समस्या भइरहेको स्थानीयले बताएका छन् ।

चंखेली गाँपालिका–२ स्थित दार्मा गाउँकी अम्विका जैसीले गत बैशाख १७ गते इलाका प्रशासन कार्यालय सर्केगाडमा आवेदन दर्ता गराउनुभयो । तर आवेदन दर्ता गरेको दुई महिना विति सक्दा समेत राष्ट्रिय परिचयपत्र नम्बर आएन । स्थानीय जैसीका अनुसार विवरण दर्ता गर्दा छिट्टै नम्बर आउने जानकारी दिए पनि दुई महिना बितिसक्दा समेत कुनै सूचना नआएकाले पटक–पटक सम्बन्धित निकायमा सम्पर्क गर्नु परेको छ ।

दुर्गम भेगका नागरिकले जानकारी लिन सदरमुकाम वा इलाका प्रशासनमा पुग्नुपर्दा समय र आर्थिक खर्च दुवै बढेको गुनासो गर्नुभयो । हुम्लाका ग्रामीण क्षेत्रमा इन्टरनेट तथा सञ्चार सेवाको पहुँच कमजोर रहेकाले परिचयपत्र सम्बन्धी जानकारी लिनसमेत कठिन भएको छ । कतिपय सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बरकै अभावमा अत्यावश्यक सरकारी सेवा स्थगित गर्नु परेको बताएका छन् ।

अहिले ग्रामिण भेग क्षेत्रका हजारौँ नागरिकलाई उक्त सेवा प्रभावकारी नभएकै कारण दुख भोग्नु पर्ने बाध्यता छ । जसले गर्दा यहाँका नागरिक सरकारी विभिन्न सेवाबाट बञ्चित हुनु परेको चंखेली गाउँपालिका–२ का वडा अध्यक्ष जयबहादुर सिराले बताउनुभयो ।

उहाँले एउटा वडाका कम्तीमा पनि २० देखि २५ जनाको यस्तो समस्या आउने गरेको बताउनुभयो । गत असोज कात्तिक महिनामा जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाका दुरदराजमा रहेका नागरिकहरूको समस्यालाई मध्य नजर गर्दै गाउँ गाउँमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान सञ्चालन गरेको थियो । तर त्यस अभियानका क्रममा दर्ता गरेका व्यक्तिहरूको झन ठुलो समस्या देखा पकरेको वडा अध्यक्ष सिराको भनाई छ ।

अध्यक्ष सिराले राष्ट्रिय परिचयपत्र प्रणालीलाई प्रभावकारी बनाउन विवरण दर्तापछि नम्बर उपलब्ध गराउने प्रक्रियालाई छिटो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सेवाग्राहीहरूले पनि राष्ट्रिय परिचयपत्र नम्बर वितरण प्रक्रियामा देखिएको ढिलाइ तत्काल अन्त्य गरी दुर्गम जिल्लाका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

उक्त विषयका इलाका प्रशासन कार्यालय सर्केगाडका प्रमुख घमन सिंह रावतका अनुसार इलाका प्रशासनमा अनलाइन सिस्टम नभएको र अफलाइनमा काम गर्नु पर्ने भएकोले केही ढिलाई हुने गरेको बताउनुभयो । आफुले एक महिना भरि प्रत्येक व्यक्तिको विवरण संकलन गर्ने त्यसपछि सदरमुकाम सिमकोटमा पुगेर जिल्ल प्रशासन कार्यालय हुम्ला मार्फत अनलाइन प्रक्रिया पुरा गर्ने प्रमुख रावतले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट प्रक्रिया पुरा गरेपछि दुई हप्तामा उक्त नम्बर आउने गर्दछ । धेरै जसो नागरिकको यस अघि गाउँमा गएको अभियानका क्रममा डकुमेन्ट पुरा नभएको र मोवाइल नम्बर नराखेका कारण ओटिपी कोर्ड नआएकाले यस्तो समस्या हुन सक्ने प्रमुख रावतको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला