विधुत कर्मचारीको लापरवाहीले करेन्टको उच्च जोखिम

Logo
नन्द सिंह बिहिबार, आषाढ २५, २०८३

हुम्ला । हिल्दुम विद्युत वितरण केन्द्रका कर्मचारीहरूको गम्भीर लापरवाहीका कारण सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा करेन्टको उच्च जोखिम बढेको छ । विद्युत लाइन विस्तार, मर्मत सम्भार र ट्रान्सफर्मर व्यवस्थापनमा कर्मचारीहरूले देखाएको उदासीनताका कारण स्थानीय बासिन्दकहरूको ज्यान जुनसुकै बेला पनि जान सक्ने खतरा पैदा भएको स्थानीयले गुनासो गरेका छन् ।

फलामे पोलहरूमा करेन्ट प्रवाह हुँदा मुख्यत पानी परेको समयमा करेन्टको जोखिम बढ्ने गरेको छ । यसको मुख्य समस्या भनेको सिमकोट गाउँपालिका–७ र ८ का स्थानीयले झेल्नु परेको स्थानीय हरिबहादुर शाहीले बताउनुभयो । गत दुई सातादेखि यता विधुतका कर्मचारीको चरम लापरवाहीका कारण गाउँमा लिएका विधुत लाइन सुरक्षित नहुँदा नागरिकलाई जोखिम र विधुत पनि नियमित प्रसारण नहुने गरेको स्थानीय शाहीले बताउनुभयो ।

गत तीन हप्ता अघि मात्रै खोल्सी गाउँ नजिकैको खेतमा सोही ठाउँकी स्थानीय पान्तु सिंहलाई करेन्ट लागेर धक्का दिएको शाहीले बताउनुभयो । गाउँमा विधुत नियमित नहुने र आएको समयमा पनि खासै प्रभावकारी नहुने उहाँको भनाई छ ।
त्यस्तै सिमकोट गाउँपालिका–७ धारापोरीको मष्ठा मन्दिर नजिकै पनि विधुत तार लथालिङ्ग गरि परेको र त्यसमा पनि करेन्ट बगि रहेको वडा सदस्य हिरा सिंहले बताउनुभयो । उक्त स्थाना मुख्य बाटो परेकोले स्थानीयलाई जान समेत कठिनाई हुने गरेको सदस्य सिंहले बताउनुभयो ।
सामान्य हावाहुरी चल्दा र पानी पर्दा ती तारहरू आपसमा ठोक्किएर ठूलो झिल्को निस्कने र स्थानीयको घरमा हाइभोल्टेज भरिने समस्या बनेको छ । स्थानीय उपभोक्ताका अनुसार विद्युत अवरुद्ध हुँदा वा मर्मत गर्नुपर्दा विधुत प्राधिकरणको कार्यालयमा पटक–पटक फोन गर्दा पनि कर्मचारीहरूले वास्ता नगर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।
हिल्दुम विधुत वितरण केन्द्रका प्रमुखलाई फोन गर्दा नउठाएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । वर्षमा एक दुई पटक आए पनि प्राविधिक मापदण्ड पूरा नगरी झारो टार्ने काम मात्र गरेर कर्मचारी फर्कन्छन् स्थानीयको भनाई छ । बालबालिका, वृद्धवृद्धा र घरपालुवा जनावरहरू यस लापरवाहीको सबैभन्दा ठूलो जोखिममा छन् । बर्खाको समयमा सडकमा लत्रिएका तारका कारण पैदलयात्रीहरू समेत सचेत हुनुपर्ने बाध्यता छ । विद्युत प्राधिकरणको यस्तो लापरबाहीले कुनै पनि दिन ठूलो मानवीय क्षति निम्त्याउन सक्ने भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय प्रशासन र विद्युत कार्यालयका प्रमुखलाई यसबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानका लागि कुनै ठोस कदम चालिएको छैन । सुरक्षित विद्युत सेवा पाउनु नागरिकको अधिकार भए पनि हुम्लाका कर्मचारीको गैरजिम्मेवारपनले गर्दा यहाँका जनता सधैं मृत्युको छायामा बस्न बाध्य छन् । समयमै जीर्ण पोल र तारको व्यवस्थापन नगरिए आन्दोलनमा उत्रने चेतावनी स्थानीयले दिएका छन् ।

उक्त हिल्दुम विधुत वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहका अनुसार स्थानीयले तारमा ढुङ्गगा हान्ने जस्ता क्रियाकलापले गर्दा यस्तो समस्या आउने गरेको बताउनुभयो । विधुतमा आएको समस्या समधान गर्नका लागि केही समय लाग्ने प्रमुख शाहले प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला