महिला फिडर छात्रावासका विद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

Logo
नन्द सिंह बिहिबार, साउन २८, २०८३

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सदरमुकाम सिमकोट–५ मा रहेको महिला फिडर छात्रावासका छात्राहरूलाई खाद्यान्न तथा खेलकुद सामग्री सहयोग गरेको छ । विहिबार वार्षिक उत्सवलाई तामझाम रहित र रचनात्मक बनाउने उद्देश्यले कम्पनीले छात्रावासमा आश्रित र अध्ययनरत जेहेन्दार छात्राहरूलाई दैनिक उपभोग्य वस्तु तथा शैक्षिक सामग्री सहयोग गरेको उक्त शाखा कार्यालय हुम्लाका प्रमुख कृष्ण थापाले बताउनुभयो ।

प्रमुख थापाका अनुसार छात्रावासका २० जना छात्राहरूका लागि ७५ केजी चामल, १० लिटर खानेतेल र ५ केजी चिनी वितरण गरिएको थियो । जसमा संस्थानले ८ हजार १ सय २५ रुपियाँ बराबर रकमको सामग्री सहयोग गरेको थियो । भने छात्राहरूको पठनपाठनमा टेवा पु¥याउने उदेश्यले शैक्षिक सामग्री अन्तर्गत कापी र कलम समेत हस्तान्तरण गरिएको थियो । छात्राहरूको शारीरिक विकास र मनोरञ्जनका लागि खेलकुद सामग्री तर्फ भलिबल र फुटबल समेत प्रदान गरिएको छ ।

खेलकुद र स्टेशनरीका सामग्री भने लामा टेड्रर्स एण्ड सप्लायर्स, आरआर कन्ट्रक्सन र रियान ढुवानी सेवाले सहयोग गरेको हो । दुर्गम क्षेत्रका छात्राहरूको शिक्षा र पालनपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक उत्सवको अवसरमा यो सानो सहयोग गरिएको छ । सहयोग सामग्री बुझ्दै छात्रावास व्यवस्थापन र छात्राहरूले सहयोगिदाताहरू प्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला