हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलाे परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेकाे छ । बिहिवार नाम्खा गाउँपालिका-२ काे नावलथाङबाट ठूलाे परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेकाे हाे । नेपाल प्रहरी र ससस्त्र प्रहरी बलको पर्यासमा हुम्लामा ठूलो परिणमको अवैध चिनिया मदिरा फेला परेको छ ।
साउन २१ देखि २४ गते सम्म हुम्ला जिल्लाको उत्तरी छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बत स्थित पुराङ काउन्टीको लिलोङ भन्ने स्थानमा लागेको परम्परागत वस्तु विनिमय व्यापार मेलाबाट फर्किएका सवारी साधनहरू आकस्मिक चेकजाँच गर्ने उदेश्यले साउन २७ गते सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा प्रहरी निरीक्षक युवराज ढकाल र सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर बि.क. को कमाण्ड, वरिष्ठ अनुसन्धान सहायक प्रकाश शाही र कोष नियन्त्रक कार्यालयबाट ना.सु. तिलक पौडेल सहितको ४५ जनाको संयुक्त टोलीले सो स्थानमा हरियो त्रिपालमुनि लुकाई छिपाई राखेको चाइनिज मदिरा जन्य पदार्थहरू बरामद गरी संयुक्त मुचुल्का उठाई साउन २८ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याई राखिएको हो ।
उक्त मदिरा बरामदमा ससस्त्र प्रहरी बल र नेपाल प्रहरीको मुख्य भूमिका रहेको थियो । ५९४ काटुनमा ७ हजार १२८ बाेतल अवैध चिनियाँ मदिरा र १९४ काटुन बाेर्डभाईजर ४ हजार ६५६ बाेतल गरी ५१ लाख ९३ हजार ६०० बराबरको चिनियाँ मदिरा बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयो । जंगलमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध चिनियाँ मदिरा बरामद भएकाे प्रहरी नायव उपरीक्षक खडकाले बताउनभयाे ।
चिनियाँ अवैध मदिरा प्रतिबाेतलकाे अनुमानित बजार दर ५०० सय र बाेर्ड भाईजर बियरकाे ३५० मूल्य रहेकाे डिएसपी खडकाकाे भनाइ छ ।
नाम्खा गाउँपालिका-६ काे लिमि लाप्चा नाकाबाट ठूलाे परिणाम अवैध चिनियाँ मदिरा भित्रिएको प्रहरीले जनाएको छ ।
बरमद गरिएको चिनियाँ मदिरा काेष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाकाे राेहबरमा नष्ठ गरिने प्रमुख जिल्ला अधिकारी भाेलानाथ गुरागाइले बताउनुभयाे । अवैध मदिरा नियन्त्रणमा हुम्लाका सञ्चारकर्मीहरूले पनि प्रहरी प्रशासनलाइ सहयाेगकाे अनुराेध गर्नुभयाे । यस्ता गतिविधि राेक्न जिल्ला स्थित सराेकारवाला निकायहरूकाे भूमिका रहेकाे प्रजिअ गुरागाइले बाताउनुभयाे ।
