काम गर्ने क्रममा घाइते भएका बुढाको मृत्यु

Logo
Karnali serophero बिहिबार, भाद्र ०४, २०८३

हुम्ला । सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ को बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएकाे छ ।

बुधबार अदानचुलीकै थलाहाल्नाको सडकमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा टाउकोमा चाेट लागेर घाईते भएका थिए ।

बुधबार बिहान दश वजे अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि गाउँपालिका केन्द्रसम्म निर्माण कार्य भई रहेको सडकमा काम गर्ने क्रममा अर्को स्थानमा रहेको औजार लिन जाने क्रममा माथिबाट ढुङ्गा खस्दा बुढाको टाउकोमा चाेट लागेर घाईते भएको अवस्थामा नजिकको स्वास्थ्य चौकीमा लगेर उपचार भई रहेको बेला मृत्यु भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।

स्वास्थ्य चौकीमा उपचार सुरु भएको केही समय मै बुढाको मृत्यु भएको थियो । मृतक बुढा गम्भीर घाईते भएपछि सुर्खेतबाट हेलिकोप्टरमा उद्धार गर्ने तयारी भएको भएपनि स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएपछि योजना रद्ध गरिएको हाे । उक्त सडक कालो पत्रे गर्ने गरि हाल स्तरोन्नतीको कार्य भई रहेको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला