ताँजाकाेट गाउँपालिकाकाे कार्यालयमा आगलागी

Logo
Karnali serophero सोमबार, भाद्र ०८, २०८३

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ ।साेमबार राती २ बजेको समयमा उक्त कार्यालयमा आगलागी भएको हाे ।

आगलागि हुँने वित्तिकै त्यहाँका स्थानीय र प्रहरी प्रशासनको सहयोगमा नियन्त्रणमा आएको स्थानीय नरविर थापाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार आफ्नो घर नजिकै रहेको त्यहाँ गाउँपालिकाका केहि कर्मचारीहरु बस्ने भएकाले आगलागि हुँने वित्तीकै नजिकै रहेको प्रहरी चौकी र सबै स्थानीय नागरीकको सहयोगमा अहिले आगाे नियन्त्रणमा आएको तर निकै नै क्षेती भएको देखीएको बताउनुभयाे ।

यता आगलागिको कारण भने केहि थाहा नभएको तर विद्युत सट भएरै आगलागि भएको हुनु पर्ने प्रारम्भीक अवस्था हेर्दा देखीएको तर आफ्नो घर निकैटाढा भएकाले आगो नियन्त्रणमा आई सकेपछि मात्र थाहा पाएको गाउँपालिका प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्नुलाल सार्कीले जानकारी दिनुभयाे ।

अत्यावश्यक कागजात राखीएको जिन्सी शाखा पुरै जलेको र त्यहाँ राखेका सबै श्रेस्ताहरु जलेर नष्ट भएको सार्कीकाे भनाइ छ । उक्त प्रशासकिय भवन गतवर्ष मात्र उद्धघाटन गरीएको थियो ।
त्यस भन्दा अघि गाउँपालिका अस्थायी टहरामा बस्दै आएको थियो । जिल्लाकै नमुना भवनको रुपमा रहेको उक्त भवनमा तल्लो तलामा जिन्सी शाखा लगायतका शााखाहरु राखिएको थियो । भने माथिल्लो तलामा अध्यक्ष, उपाध्यक्ष र पमुख प्रशासकिय अधिकृतको कार्यकक्ष राखिएका थिए ।

‘खासगरी जिन्सी शाखामा राखीएका व्याट्री पट्कीदा धेरै क्षेती बनाएको देखीएको छ । रातिकाे समयमा अचानक आगलागि भएपछि मात्र थाहा भएको नजिकमा रहेका स्थानीयको भनाई छ ।

तर आगलागि के कसरी र किन भयो भन्ने कुरा अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयाे ।उहाँका अनुसार हाल केही भन्न नसकिने र कार्यालयमा रहेकाे शिसीटिभी पनि हर्न सकिने बताउनुभयो ।

गाउँपालिकामा जडान गरिको विद्युतको वाइरिङ् देखी विद्युतका बल्बहरु सबै जलेका छन् । लेखा शाँखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाँखामा राखिएका अधिकांस श्रेस्ताहरु जलेर नष्ट भएको छ शार्कीले बताउनुभयाे ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला