दुई भारतीयको हेलिकप्टर मार्फत उद्धार

मानसरोवर कैलाश दर्शनका लागि केरुङ्गनाका चीन हुँदै पुगेका दुई जना भारतीय नागरीकलाई हाइ अल्टिच्युट भएपछि असार ५ गते साँझ उद्धार गरिएको छ ।
Logo
लोग भण्डारी बिहिबार, आषाढ ०६, २०८१

हुम्ला । मानसरोवर कैलाश दर्शनका लागि केरुङ्गनाका चीन हुँदै पुगेका दुई जना भारतीय नागरीकलाई हाइ अल्टिच्युट भएपछि असार ५ गते साँझ उद्धार गरिएको छ । भारतीय मुलकका यूएस दुई जना नागरीक विरामी हुँदा हिल्साबाट हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

मानसरोवर कैलाश दर्शनका लागि केरुङ्गनाका हुँदै घुम्न गएका दुई भारती नागरीकलाई स्वास्थ्यमा खराबी आएपछि बुधबार उद्धार गरिएको हो । भेंकट राहु र भेंकट श्रीरामको स्वास्थ्यमा खराबी आएकाले उनीहरुको उद्धारमा केरुङ्ग नाका भन्दा हुम्लाको हिल्सा नाकाको रुट छोटो दुरीमा पर्ने भएकाले बुधबार साढे पाँच बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

तीब्बत घुम्न गएका राहु र श्रीरामले आफैले कैलाश एयरको हेलिकप्टर हुम्ला मगाएर जिल्ला बाहिर लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक चन्दले बताए । उनिहरुले आफ्नै व्यक्तिगत खर्चमा हेलिकप्टोर मगाएका हुन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला