मनोपरामर्श सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन

सदरमुकाम सिमकोटमा स्थापित सामाजिक विकास कार्यालय हुम्लाले स्थानीय तहको महिला बालबालिका शाखामा कार्यरत कर्मचारीहरु माझ अन्तरक्रियात्मक कार्यक्रम सन्चालन गरेको छ ।
Logo
ऐटन रावल शुक्रबार, आषाढ १४, २०८१

हुम्ला । सदरमुकाम सिमकोटमा स्थापित सामाजिक विकास कार्यालय हुम्लाले स्थानीय तहको महिला बालबालिका शाखामा कार्यरत कर्मचारीहरु माझ अन्तरक्रियात्मक कार्यक्रम सन्चालन गरेको छ । उक्त कार्यालयले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा महिला बालबालिका शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता गराउदै ताजगी तथा क्षमता विकास सम्वन्धि दुई दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।

सामाजिक कार्यालय हुम्लाको आयोजनामा असार १४ र १५ गेत दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा तीनवटा गाउँपालिका भित्रको महिला बालबालिका शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको उक्त कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले जानकारी दिए ।

कार्यालय प्रमुख बस्नेतका अनुसार खार्पुनाथका दुई, नाम्खाका दुई, सिमकोट गाउँपालिकाका दुई लगायत अन्य कर्मचारीहरुको सहभागितामा प्रशिक्षण गरिएको छ । जसमा सरकारी वकिल शिलुका लिंथेप, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, जिल्ला अदालत हुम्लाका श्रेस्तेदार ज्ञानबहादुर खत्री र सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले प्रशिक्षण गरेका छन् ।

प्रशिक्षकहरुले प्रशिक्षार्थीहरुलाई मनोपरामर्श, कानुनी ज्ञान, सेवाग्राहीलाई सहजै रुपमा हुने सेव प्रदान लगायतका थुप्रै कार्यको परामर्श गरिएको छ । भने सामाजिक विकास कार्यालयले हालसम्म के कस्ता कार्यक्रम गरेको छ भन्ने विषयमा पनि प्रस्तुत गरिएको छ । सहभागिहरुले शाखा मार्फत सञ्चालन गरेका क्रियाकलापका विषयमा पनि स्पस्ट पार्नु आवश्यक रहेको अन्तरक्रियामा भनिएको थियो ।

शाखाहरुमा कर्मचारीले सेवा दिंदै गर्दा मुस्कान सहितको सेवा प्रदान गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि एवम प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताएका थिए । उनले महिला, बालबालिका, पिछडिएका क्षेत्र लगायतका वर्गहरुसंग यो विषयमा अन्तरक्रिया वा प्रशिक्षण गर्दै गर्दा कर्मचारी थप ससक्त भएर काम गर्ने र सेवा अझै प्रभावकारी हुनेमा विश्वास गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया भामले कानुनी र मनोपरामर्शले निकै परिवतन ल्याउने जानकारी गराइन् । जिल्लाका हरेका गाउँपालिकामा रहेका महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीले यसलाई कार्यन्वय गर्नु पर्ने देखिएको उपाध्यक्ष रोकायाको भनाई छ । कार्यक्रम दुईदिनसम्म सञ्चालन हुने भएको बताइएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]