परियोजना कार्यान्वयन एकाइ हुम्लाले ग¥यो पहिलो पटक सार्वजनिक सुनुवाई

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ हुम्लाले आर्थिक वर्ष २०७६।०७७ देखि आर्थिक वर्ष २०८०।०८१ सम्मको आफ्नो सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
Logo
ऐटन रावल शुक्रबार, आषाढ २१, २०८१

हुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ हुम्लाले आर्थिक वर्ष २०७६।०७७ देखि आर्थिक वर्ष २०८०।०८१ सम्मको आफ्नो सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । परियोजना कार्यान्वयन एकाइ हुम्लाले जिल्लामा स्थापना भएदेखि पहिलो पटक आफ्नो सार्वजनिक सुनुवाई गरेको हो ।

सरदुमकाम सिमकोटमा रहेका अन्य कार्यालयले आफ्नो सार्वजनिक सुनुवाई गर्न नसकिरहेको समयमा परियोजना कार्यान्वयन एकाइ हुम्लाले गरेको हो । परियोजना कार्यानवयन एकाइ कार्यालय हुम्लाले स्थापना भएको २०७६।०७७ देखिका गतिविधि असार २१ गते सार्वजनिक सुनुवाइमा समेटिएको थियो । यो कार्यालयको कार्यक्रम सिमकोट गाउँपालिकाको वडा नम्बर तीन र चारमा मात्रै लागु भएको छ ।

अहिले यो कार्यालयको कार्यक्रम जिल्लाको तीनवटा गाउँपालिकामा लागु भएको सोही कार्यालयका प्रमुख राम दरेश रायले बताए । जिल्लाको सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका अधिकांश वडामा लागु भएको कार्यालय प्रमुख रायको भनाई छ । सिमकोट गाउँपालिकाको वडा नम्वर १ देखि ७ सम्म यो कार्यालयको कार्यक्रम लागु भएको हो । यो कार्यालयले स्याउ, ओखर, भेडाबाख्राका क्षेत्रमा काम गर्दै आएको रायले जानकारी दिए ।

सो कार्यालयले रैथाने बालीमा आलुको क्षेत्रमा काम गर्दै आएको छ । हुम्लाको विकासको बाधक बाटो भएको कार्यक्रममा बताइएको छ ।
बजारीकरणका लागि मुख्य बाटो नहुँदा आर्थिक उन्नती हुन नसकेको भनाई छ । परियोजनाले किसानले पेश गरेको प्रस्तावनाका आधारमा अनुदान दिँदै आएको बताएको थियो ।

२०७६।०७७ मा संघीय सरकारको यो कार्यालयमा कुल बजेट १ करोड ६७ लाख ४१ हजार आएकोमा ९५ लाख ९ हजार खर्च भएको थियो । जसको ५८.२० प्रतिशत खर्च भएको थियो । यस्तै २०७७।०७८ को आर्थिक वर्षमा २ करोड २ लाख २८ हजार रुपियाँ आएकोमा १ करोड ७६ लाख २ हजार खर्च कार्यालयले गरेको थियो ।

जसमा ८६.९३ प्रतिशत प्रगती भएको छ । २०७८।०७९ मा २ करोड ६९ लाख २९ हजार प्राप्त भएको बजेटमा २ करोड २६ लाख ६ हजार खर्च भएको थियो । जसको ८४.१५ प्रतिशत हुन्छ । त्यस्तै आर्थिक वर्ष २०७९।०८० मा संघिय सरकारबाट प्राप्त भएको ३ करोड ३१ लाख ५२ हजार प्राप्त बजेटमा २ करोड ७३ लाख खर्च भएको कार्यालय प्रमुख रायले बताए ।

जसको प्रतिशत ८३.४५ प्रतिशत हुन आउँछ । यो आर्थिक वर्ष २०८०।०८१ मा कर्मचारीदेखि कार्यक्रमका लागि आएको कुल ३ करोड ३१ लख २३ हजार बजेटमा २ करोडा ९८ लाख ३६ हजार खर्च भएको छ । ९३.८३ प्रतिशत प्रगती हुन आएको छ । जिल्लामा यो कार्यालय स्थापना भएदेखि कुल १२ करोड, ७९ लाख, ६३ हजार रुपियाँ संघिय सरकारबाट उक्त बजेट प्राप्त भएको थियो । भने १० करोड ६९ लाख ९६ हजार खर्च भएको छ ।

यो सबै आर्थिक वर्षको प्रतिशतमा ६७.१६ प्रतिशत खर्च हुन आएको कार्यालयका प्रमुख रायले बताए । परियोजनाले चक्लाबन्दीमा खेती गर्न सुरुवात गराउँदै आएको छ । कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, जिल्ला समनवय समितिका कार्यवाहक प्रमुख सरीता रावत, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, शसस्त्र प्रहरी बल ४४ नम्बर गुल्म हुम्लाका प्रमुख गुञ्जन प्रताप मल्ल लगायत सञ्चारकर्मीको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]