हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेड हुम्ला शाखाले छुटमा चामल र तेल बिक्री वितरण गर्ने भएकाे छ ।
असाेज 2 गते जिल्ला खाद्य व्यवस्था समितिकाे बसेकाे बैठकमा बाेल्दै खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड शाखा हुम्लाका नायव सुब्बा नवीन प्रसाद आचार्यले शाखा र डिपोबाट नेपालीहरुको महान चाड वडा दशै र तिहारको अवसरमा सहुलियतमा चामल र तेल बिक्री गरिने जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिक्री वितरण विभाग प्रधान कार्यालय काठमाडौको भदौ ३१ गतेकाे निर्णय अनुसार शाखा कार्यालय हुम्लाले असाेज ६ गतेदेखि उक्त सहुलियतकाे खाद्यान्न बिक्री वितरण गर्ने भएकाे छ ।
लिमीटेडले चामल र तेल चाडपर्व लक्षित गर्ने उदेश्यका साथ याे कार्यकाे थालनि गरेकाे हाे । जसमा शाखाबाट चामल प्रतिकेजी तीन र पाँच रुपियाँ छुट हुने छ भने तेलमा भने प्रति लिटर सात रुपियाँका दरले सर्वसाधारणले छुट पाउने भएका छन् ।
नायव सुब्बा आचार्यका अनुसार शाखाबाट ४ हजार क्वीन्टल चामल र ६ हजार ३ सय ५८ लिटर तेल सहुलियतमा बिक्री गरिने छ । चामल भने पोषण तत्व मिसिएको बिक्री गरिने उनले बताए ।
त्यसैगरि सर्केगार्ड गाउँपालिकाको लागि सर्केगार्ड डिपो र अदानचुली गाउँपालिकाका लागि श्रीनगर डिपोबाट ५/५ सय क्वीन्टल चामल छुटमा बिक्री गरिने भएकाे छ ।