भवन अभाव, सेवा प्रवाहमा समस्याः

जिल्ला सदरमुकाम सिमकोटमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्रको भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
Logo
नन्द सिंह शनिबार, आश्विन ०५, २०८१

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्रको भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । २०५० सालदेखि स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्र अर्कैको घरमा भाडामा रहेका कारण सहज रुपमा सेवा प्रवाहमा समस्या भएको हो । आर्थिक वर्ष ०८०।०८१ को बार्षिक समिक्षा कार्यक्रममा बोल्दै सोही कार्यालयका प्रमुख चाहाना सर्माले कार्यालयको आफ्नो भवन नहँुदा विभिन्न सेवा प्रवाहमा कठिनाईभोग्नु परेका जानकारी दिइन ।

आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले असोज ५ गते आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा प्रमुख सर्माले यस्तो बताइन् । उक्त समस्याका कारण लामो समयदेखि दैनिक दिन औषधि उपचार गर्न आउने सेवाग्राहीले समेत समस्या खेप्नु पर्दा सामान्य रुपमा सेवाग्राहीले समेत सास्ती खेपी रहनु परेको उनको भनाई छ । यतिखेर कार्यालय भवन भाडामा काम चलाउँदै आएको र उक्त भवन लगायत परिसर समेत अभावका कारण सहजै रुपमा सेवा प्रदान नभएको भन्दै कार्यक्रममा सहभागि भएका सरोकारवाला निकायलाई पहलका लागि अनुरोध गरिएको छ ।

पटक पटक जग्गाका लागि सरोकारवाला निकायलाई अनुरोध गरेपनि कतैबाट उपलव्ध हुन नसक्दा भवनको आवश्यक्ता परेको उक्त कार्यालयको स्रोतले जनाएको छ । त्यती मात्रै नभई उक्त कार्यालयमा जनशक्ति र भौतिक स्रोतसाधनको समेत अभाव भएको पाइएको छ ।
जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र एउटा, आयुर्वेद औषधालय एउटा र तीनवटा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

जस मध्ये सदरमुकाम सिमकोटमा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालित छ भने नाम्खा, खार्पुनाथ र अदानचुली गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र मार्फत सेवा प्रभावह भई रहेको छ । त्यस्तै जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको रिपमा सर्किदेउ आयुर्वेद औषधालय सञ्चालनमा छ ।

समिक्षा कार्यक्रममा सम्पुर्ण स्थानमा रहेका कार्यालयमा भए गरेका उपलव्धी तथा सेवा प्रवाहका बारेमा प्रस्तुतीकरण गरिएको थियो । सिमकोट शाखा लगायतका कार्यालयले करीव १० हजार भन्दा बढि सेवाग्राहीलाई आयुर्वेद औषधि वितरण गरिनुका साथै उपचार समेत गरिएको बताइएको छ ।

राँगन, स्तानपाई आमा, अम्लपित्त, रक्तपत स्वयत्त, योग सेवा, स्वास्थ्य सेवा वद्र्धन, नियमित विद्यालयमा योग सञ्चालन, पञ्चकर्म सेवा र ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निशुःलक औषधि उपचार गरिनुका साथै सेवा प्रवाह समेत गरि रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज संकर साह रौनियरले जानकारी दिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराले स्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र एक अर्कामा परिपूरक भएकाले यी कार्यालयको औषधि उपचारमा समन्वयको आवश्यक्ता खड्कीएको जिकिर गरेका थिए । उनले जिल्ला बाहिरबाट मात्रै औषधि आयत गर्नाले आर्थिक व्यायभार पर्ने गरेको हुँदा आगामी दिनमा आयुर्वेद स्वास्थ्य केन्द्रले केही मात्रामा हुम्लाको हिमाली क्षेत्रमा उत्पादन भएको जडिबुटिलाई पहिचान गरि त्यसलाई औषधिका रुपमा प्रयोगमा ल्याउनु पर्ने समेत सुझाव दिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]