

पुर्ण खाेप सुरक्षित भविष्य भन्ने नाराका साथ पुर्ण खाेप दिगाेपना सुनिश्चित गाउँपालिका घाेषणा समाराेह सम्पन्न भएकाे छ । पुर्ण खाेप दिगाेपना सुनिश्चित घाेषणा हुम्लाको सिमकाेट गाउँपालिकामा भएकाे हाे । सिमकाेट गाउँपालिका भित्रका ८ वटै वडामा पुर्ण रुपमा अनुगमन गरेर १६ देखि ५९ महिनाका बालबालिकाले पाउने सबै खाेप पाएपछि गाउँपालिका सनिवार पुर्ण खाेप दिगाेपना सुनिश्चित गाउँपालिका घाेषणा भएकाे सिमकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर भन्डारीले बताए।
सिमकाेट गाउँपालिका भित्रका ८ वडा मध्य वडा १ दाेजामा १९ जना बालबालिका वडा २ ठेहेमा ७४ जना वडा ३ बरगाउँमा ८ जना वडा ४ बुराउँसेमा १० जना वडा ५ तल्लाे गाउँमा ७३ जना वडा ६ माथिल्लो गाउँमा ७४ जना त्यस्तै वडा ७ डाडाँफयामा १ सय ५४ जना र वडा ८ स्याडामा १ सय ४३ जना गरि जम्मा ५ सय ५५ जना बालबालिकाले पुर्ण खाेप पाए पछि गाउँपालिका पुर्ण खाेप दिगाेपना सुनिश्चित गाउँपालिका घाेषणा भएकाे हाे ।
त्यस्तै गाउँपालिकामा शुन्य देखि १५ महिना सम्मका बालबालिकाकाे पनि विवरण निकालेकाे छ । वडा १ दाेजाम ८ जना बालबालिका वडा २ ठेहे २७ जना वडा ३ बरगाउँ ५ जना वडा ४ बराउँसे ६ जना वडा ५ तल्लाे गाउँ २६ जना वडा ६ माथिल्लो गाउँ २९ जना बालबालिका रहेका छन् भने त्यस्तै वडा ७ डाडाँफया ४५ जना र वडा ८ स्याँडा ५८ जना गरि २ सय ४ जना बालबालिकाकाे पनि तथ्यांक संकलन गरेकाे छ । गाउँपालिका पुर्ण खाेप घाेषणा गर्नु अघि बालबालिकाले खाेप पाए नपाएकाे घरदैलो गरेर सबै खाले खाेप पाए पछि गाउँपालिका घाेषणामा पुगेकाे स्वास्थ्य शाखाकाे स्रोतले जनाएकाे छ ।
पुर्ण खाेप सुनिश्चित गाउँपालिका घाेषणा गर्न स्वास्थ्यकर्मी ,वडा अध्यक्ष , स्वस्थ्यक्षेत्रमा कामागर्ने सेविका र संचारकर्मिकाे ठुलाे भमिका भएकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बर्ख फडेराले बताए । स्वास्थ्यकर्मीले विभिन्न बादा अर्चना नगरेर आजा यहाँ सम्म आएकाे हुदा खुसि लागेकाे राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष बुदे बुढाले बताए। त्यस्तै गाउँपालिकाले रातदिन नभनि खटिएकाे हुदा यसमा राजनीति दलपनि लागि पर्ने माओवाद केन्द्रका सचिव धर्म राज बाेहराले बताए ।
बालबालिकाले पुरा पाउने खाेपकाे बारेमम छलग्ङ देखाउदै पुर्ण खाेप घाेषणा गरेकाे हुदा नेकपा एमाले उपाध्यक्ष प्रकाश बहादुर शाहीले धन्यवाद दिए । राेग भनेकाे जिवननै अन्तय गर्ने भएकाले स्वास्थ्यमा राम्रो ध्यान दिएकाेमा खुसिलागेकाे नेपाली काग्रेशका उपसभापति कैलाश भन्डारीले बताए । त्यस्तै काम भनेकाे काम हाे त्यसलाई कम्जोर नमानेर काम गरेकाे हुदा आज याे अबस्था आएकाे प्रमुख जिल्ला अधिकारी नारायण पान्डेले बताए ।
गाउँपालिकाले हरेक बालबालिकालाई निगरानि गरेर सबै खाले खाेप लगाएकाे हुदा स्वास्थ्यकर्मी लाई गाउँपालिका उपाध्यक्ष सुसिला राेकायाले धन्यवाद दिइन् । गाउँपालिकाले स्वास्थ्यमा ठुलाे लगानि गरेकाे छ , त्यसै अनुसार काम गरेकाे हुदा आज जिल्ला समन्वय पनि खुसि भएकाे जिल्ला समन्वय प्रमुख एवम कार्यक्रमका प्रमुख अथिति शिव राज शर्माले बताए । त्यस्तै सबै वडाकाे तथ्यांक अनुसार काम राम्रो देख्दा गाउँपालिका पुर्ण खाेप घाेषणा भएकाे गाउँपालिका अध्यक्ष एवम कार्यक्रमका अध्यक्ष बिजय भन्दारीले बताए ।
कार्यक्रममा विभिन्न नाच , देउडा गरेर रमाइलो गरिएकाे थियाे । कार्यक्रममा सबै वडाका वडा अध्यक्षलाई पुर्ण खाेपमा साथ दिएकामा प्रमाण प्रत्र दिएकाे थियाे । सनिवार भएकाे कार्यक्रममा सबै वडाका स्वास्थ्यकर्मी ,सबै वडा अध्यक्ष , विभिन्न बिद्यालयका शिक्षक ,बिद्यार्थी , राजनीतिदल,सुरक्षाकर्मी र संन्चारकर्मिकाे उपस्थिति रहेकाे थियाे ।