

सुर्खेत । डा.डम्बर खड्का उनी सुर्खेतको प्रदेश अस्पतालमा आएको परिवर्तनका प्रेरणादायी व्यक्तित्वका रूपमा चर्चामा छन्।उनिले कयौंको ज्यान बचाएका छन ।सुर्खेतमा कतिपय मानिसले उनलाई भगवानसर ठान्दछन्।
श्रीमती गुमाएकाे आलाे घाउ सेलाएकाे छैन् । यता जेन-जीका नाममा अराजक, लु-टपाट र तहसनहस बनाएर उजाड बनेकाे घरमा पुग्दा डा. डम्बर खड्का स्त-व्ध बने । मेहनतले बनाएकाे घर काम नलाग्ने अवस्थामा पुगेकाे छ ।
डा.डम्बर खड्का भाबुक हुदै अब छोरा स्कुलबाट आए पछि आमाको सम्झानामा किनेर राखेको पियानो र ल्यापटप कसरी देखाउनु स्कुलबाट दिएको मेडल कहाँ गएर देखाउने। तिनिहरुलाई पनि यसरी नै पिडा होश् दस गुना राती सुत्न सक्दैन्न कि रक्सी खान पर्यो । देश नोक्सान गरेको छ उनीहरुलाइ छोडनु हुन्न ।
डा. डम्बर खड्काले भने, ‘मेराे मेहनत र परिश्रमबाट जाेडेकाे सम्पत्ति हो। ४१ बर्ष जागीर खाएको एउटा डाक्टरले घर बनाउन सक्दैन र भन्दै भाबुक भए। जसरी उनीहरुले उजाड बनाए ६०,७० प्रतिशत तिनीहरू अब मानसिक राेगी बन्दै जाने छन्। तिनीहरुको कदापि भलाे हुने छैन् पालो आउँछ। गुस खाएर यस्ता घर बनाएको होलान,गुस खाएर बिज्नेश सुरु गरेको होला नेता भन्ने आफ्नै सन्तानलाई मात्रै गर्ने ,आफ्नै चाहिँ महल गराउने,आफू चाहिँ लाखौं करोडौं सम्पत्ति जोड्ने।
यो परिवारले त्यस्तो गरेको छैन ।सबै राजनीति गर्ने त्यस्तै हुनत यो देशमा । पुर्ण बहादुरले राजनीति गरेकोमा कतै एक पैसा घुस खानु भएको छ कतै गाडी किन्नु भएको छ भने पहिलो नम्बरमा उहाँलाई छानबिन गर्नुस् भन्ने त्यो हिम्मत छ हामी सङ्ग । हाम्रो दाइ फलानो हो भनेर हामी दाजु भाइले कहिले पनि फाइदा लगेनौ र हामिले कहिले नाम पनि लगिएन किने भने उहाँको आचाण त्यस्तै छ पावर कहिले देखाउने काम गर्नु हुन्न । घमण्ड भन्ने उहाँ सङ्ग छैन सबैलाई समान गर्नु हुन्छ ।
मेरो बुवा मुख्या हुनु हुन्थ्यो अहिले भन्दा ७०,८० बर्ष अगाडि आमा बुवाले दुख गरेको आर्जन १५,१६ बिघा जमिन थियो।हामी यहाँको रैथाने हो सयौं बर्ष भैसकेको छ ।हामी सबै दाबेदार छम कि गुसखोरी सबैलाई एउटै डालाेमा हालेर जुन व्यवहार गरियाे छानवीन म र मेरा दाजु पूर्णबहादुर खड्काबाट सुरु गरून् भन्दै भाबुक भए डाक्टर ।