शिक्षकले माफि मागेपछि तीन दिनदेखि विद्यालयमा लगाइएको ताला खोलियो

Logo
नन्द सिंह आइतबार, चैत्र २२, २०८२

हुम्ला । सिमकोट गाउँपालिका–२ स्थित रामदेव माध्यामिक विद्यालयका शिक्षकहरूले माफि मागेपछि विद्यालयमा लगाइएको ताला खोलिएको छ । गत विहिबारदेखि बन्द रहेको उक्त विद्यालय तीनदिनपछि ताला खोलिएको हो । विद्यालयका शिक्षकहरूले अवदेखि गल्ती नगर्ने भन्दै माफि मागेपछि आइतबार विहान १० वजेदेखि सो विद्यालयको पठनपाठन कार्य सुचारु भएको सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार शिक्षकहरू समयमै विद्यालयमा पढाउन नआएको झोकमा तीनदिनदेखि बन्द गरिएको विद्यालय खोलिएको छ । उक्त विषयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरूको संयुक्त रुपमा बसेको बैठकले सबैले अवदेखि सुच्चिनु पर्ने भन्दै आत्मआलोचना गरेपछि विद्यालय सञ्चालनमा आएको छ ।

शिक्षक सरुवा, विद्यालयको आर्थिक अनियमितता र स्थानीय स्तरका शिक्षकहरू शिक्षण गरि रहेको विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिले गत विहिबारदेखि ताला बन्दी गरिएको भए पनि अन्य स्थानीय शिक्षकहरूले माफि माग्नुका साथै विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेलले आगामी बैशाख ८ गते भित्र आर्थिकको छिनोफानो गर्ने भन्दै सहमति गरेपछि विद्यालयमा पठनपाठन सुचारु गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

 

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला