गिटार र कारको कथा: ‘गंगारानी’ मार्फत सानेले देखाउँदै वर्गीय प्रेम

Logo
Karnali Serophero शनिबार, बैशाख ०५, २०८३

काठमाडौं । चर्चित लेखक तथा निर्देशक राजबहादुर साने ले नेपाली नयाँ वर्ष र आफ्नै जन्मदिनको अवसर पारेर आफ्नो नयाँ फिल्म “गंगारानी” को औपचारिक घोषणा गरेका छन्।

आहा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले धनी र गरिब वर्गबीचको प्रेमकथालाई भावनात्मक रूपमा प्रस्तुत गर्ने बताइएको छ। कथाले साधारण परिवारका एक युवक र धनी परिवारकी एक युवतीबीचको सम्बन्धलाई केन्द्रमा राख्नेछ।

फिल्मको घोषणा सँगै सार्वजनिक गरिएको थिम पोस्टरमा एक युवक गिटार बोकेर हिँडिरहेको र एक युवती कारमा अडेस लागेर उभिएको दृश्य देखिन्छ, जसले सामाजिक र आर्थिक अन्तरको संकेत गर्दछ।

निर्देशक राजबहादुर साने स्वयंले लेखन तथा निर्देशन गर्ने यस फिल्मको छायांकन जेठ महिनाको अन्त्यसम्म सुरु गर्ने तयारी गरिएको छ। कलाकार तथा प्राविधिक टोली छनोट अन्तिम चरणमा पुगेको छ।

करिब एक दर्जन फिल्म निर्देशन गरिसकेका सानेले पाठशाला ,लडाइँ , लाटी, वृन्दावन, वीरांगना, डोली, गुड फ्रेन्ड, सिली फो, बुलाकी, जुना र सिटामोल जस्ता चर्चित फिल्महरू दिएका छन्। विशेषगरी “बुलाकी” को पटकथाका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार समेत प्राप्त गरेका थिए।

त्यसैले, सामाजिक यथार्थमा आधारित प्रेमकथा “गंगारानी” प्रति दर्शकको उत्साह अहिले नै उच्च देखिएको छ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला