सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन, राष्ट्रपति पौडेलद्वारा स्वीकृत

Logo
Karnali Serophero बिहिबार, बैशाख १०, २०८३

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेपछि अधिवेशन स्थगन गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस पत्र शीतलनिवास पठाइएको थियो।

राम चन्द्र पौडेलले सरकारको सिफारिसअनुसार संसद् अधिवेशन स्थगन गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। प्राप्त सिफारिसअनुसार नै औपचारिक निर्णय भएको जनाइएको छ।

मन्त्रिपरिषद्बाट पारित प्रस्तावअनुसार पठाइएको सिफारिस पत्रका आधारमा अधिवेशन स्थगन गरिएको हो। अधिवेशन स्थगनको कारण र आगामी बैठक सम्बन्धी थप विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला