विद्यालय दरबन्दी कटौती गरेको भन्दै विद्यार्थी र अविभावक आन्दोलीत

Logo
नन्द सिंह सोमबार, बैशाख २८, २०८३

हुम्ला । सिमकोट गाउँपालिका–७ को कर्णाली माध्यामिक विद्यालयको शिक्षक दरबन्दी र +२ कटौती गरेको भन्दै विद्यार्थी र अविभावक अन्दोलीत भएका छन् । सिमकोट गाउँपालिकाले वैशाख २३ गते गरेको निर्णय अनुसार कर्णाली माध्यामिक विद्यालय चौगानफयाको दरबन्दी र दुईवटा कक्षा कटौती गरेपछि वैशाख २८ गते सोही विद्यालयका विद्यार्थी र अविभावकले आन्दोलन गरेका हुन् ।

गाउँपालिकाले गरेको निर्णय विभिदकारी भएका्े भन्दै विद्यार्थी र अविभावक मिलेर विद्यालय तालाबन्दी नै गरेको विद्यालयका प्रधानाध्यापक लोकराज शाहीले बताउनुभयो । उक्त निर्णयले आफ्नो विद्यालयमा समस्या भएको र पठनपाठन समेत प्रभावित हुने भएपछि वैशाख २८ गते यहाँका सम्पुर्ण अभिभावक र विद्यार्थीहरू सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा धर्ना गर्नुका साथै आफ्नो माग पुरा नहुँदासम्म विद्यालयको ताला नखोलिने विद्यालय व्यवस्थापन समितिका अध्याक्ष लोकराज शाहीले बताउनुभयो ।

करीव तीन घण्टा पैदल हिडर सदरमुकाम सिमकोटमा रहेको गाउँपालिका कार्यालयमा पुगेर आन्दोलन गरेको कक्षा १० मा अध्ययनरत छात्रा सम्झना शाहीले बताउनुभयो ।
सिमकोट गाउँपालिकाले सो विद्यालयको नेपाली बिषयको दरबन्दी कटौती गरि सोही वडाको कैलाश माध्यामिक विद्यालयमा पदस्थापना गरेको थियो ।
आफ्नो विद्यालयको दरबन्दी कटौती गरेको बिरोध गर्दै कर्णाली माविका १ सय ५० जना बिधार्थीहरु र ५० जना भन्दा बढी अभिभावकहरु सम्युक्त आन्दोलन गर्न सिमकोट पुगेको स्थानीय कृष्णबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाको कार्यालय अगाडी नारावाजी गरेर बिधार्थीहरुले आन्दोलन गर्दै सो विद्यालयको सम्पुर्ण ताला गाउँपालिकालाई बुझाएको थियो ।

दरवन्दी कटौती गर्नु भनेको शैक्षिक संस्थालाई कमजोर बनाउन गाउँपालिका लागेको उहाँको भनाई छ । बिधार्थी संङ्ख्या राम्रै भएको सो विद्यालयमा एकातिर दरबन्दी नै कम भएको अवस्थामा त्यस माथि भए कै दरवन्दी पनि कटौती गर्ने कार्य गाउँपालिकाका जायज नभएको उहाँको भनाई छ । यसरी भएको दरबन्दी कटौती गर्नु भन्दा विद्यालय नै खारेज गर्नु उपयुक्त हुने चौगानफया गाउँका अर्का स्थानीय जीवनबहादुर शाहीले बताउनुभयो । दरबन्दी मिलान गर्ने क्रममा सो विद्यालयको दरबन्दी कटौती गर्नु परेको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

लामो समयको अभ्यासपछि यतिबेला मावि तहको शिक्षक दरवन्दी मिलान गर्ने कार्य भएको उहाँले बताउनुभयो । त्यसैगरि सिमकोट गाउँपालिका– २ को रामदेव मावि र ३ को रलिङ माविका विद्यालयहरु पनि शिक्षक दरबन्दी कटौती गरेको भन्दै विद्यार्थी र अविभावकले बिरोध जनाएका छन् । उक्त विषयमा अवको तीनदिन भित्र कार्यपालिकाको बैठक बसेर छलफल गरि विद्यालयलाई जानकारी गराउने प्रतिवद्धता सहित आन्दोलनरत विद्यार्थी र अभिभावकलाई सान्तोना दिएर पठाएको अध्यक्ष भण्डारीको भनाई छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला