३५ दिने बालक घाइते

Logo
नन्द सिंह मंगलबार, भाद्र ३०, २०८३

हुम्ला । चंखेली गाउँपालिका-६ स्थित मेल्छाम गाउँका ३५ दिने एक बालक सक्त घाइते भएका छन् । नाम समेत राख्न नपाएका बालकलाई साेही ठाउँका ४ वर्षीय बालक दुर्गा बुढाले घरकाे छतबाट लडाउँदा उनी सक्त घाइते भएकाे घाइते बालककी आमा लालसुवा तामाङले बताउनुभयाे ।

साेमबार बालकलाई घरकाे छतमा डाेकाेमा सुताएकाे समयमा अर्का बालकले डाेकाे हल्लाएर छत भन्दा तल लडाउँदा बालककाे निधारमा चाेट लागेकाे मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाले बताउनुभयाे ।

घाइते बालक मेल्छाम गाउँका बलबहादुर बुढाका छोरा हुन । दुर्गा बुढाले डोको हल्लाएर खसालेपछि नौ फिट तल भुईमा बजारिएर घाईते भएका थिए ।

गाउँकाे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिए पनि घाईते बालक आमाको दुध पनि खान नसक्ने अवस्थामा रहेका कारण जिल्ला बाहिर लैजान अस्पतालका चिकीत्सक बिरेन्द्र शाहीले सुझाव दिनु भएकाे थियाे । चिकित्सककाे सल्लाह पछि घाइते बालकलाई साेमबार राती नै सुर्खेत पठाएको छ ।

घरकाे आर्थिक अवस्था कम्जोर रहेकाेले मेल्छाम गाउँका स्थानीयले ४८ हजार रुपियाँ आर्थिक संकलन पछि गाडी रिजर्भ गरि आमा, बुवा सहित घाईते बालकलाई सुर्खेत पठाईएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला