वेवारिसे अवस्थामा भेटिएको अवैध मदिरा नष्ट

Logo
नन्द सिंह मंगलबार, बैशाख २९, २०८३

हुम्ला । हुम्लाको विभिन्न ठाउँमा वेवारिसे अवस्थामा भेटिएको अवैध चाइनिज मदिरा नष्ट गरिएको छ । गत २०८२ कात्तिक १९ र २४ गते जिल्लाका विभिन्न स्थानहरूमा अवैध रुपमा भेटिएको मदिरा सोमबार जिल्ला प्रहरी कार्यालय हुम्लाको आफ्नै परिसर भित्र नष्ट गरिएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनुभयो । वेवारिसे अवस्थामा भेटिएको उक्त मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले विभिन्न सरोकारावाला निकायको रोहवरमा नष्ट गरेको उक्त कार्यालयका प्रमुख अंगबहादुर कार्कीले बताउनुभयो । ३ सय ७८ कार्टुनमा ४ हजार ५ सय ३६ बोतल रहेको प्रमुख कार्कीको भनाई छ ।

प्रति बोतल ४ सय ५० का दरले २० लाख ४१ हजार २ सय रुपियाँ हुन आउँछ । गत कात्तिक १९ गते हुम्लाको नाँखा गाउँपालिका–३ को ढाँटकर्मीमा ३ सय ५१ कार्टुन, सोही महिनाको २४ गते नाम्खा गाउँपालिकाकै ढार्टकर्मीमा २७ कार्टुन मदिरा वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त वेवारिसे अवस्थामा फेला पारेको अवैध चीनिया मदिरा जिल्ला प्रहरी कार्यालय हुम्लाको परिसरमा खाल्डो खनेर गाडीनुका साथै नष्ट समेत गरिएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।

हुम्लामा पछिल्लो समय दैनिक दिन लुकीछिपि गरेर चाइनिज मदिरा भित्रिने गरेको छ । उक्त मदिरा विशेष गरी नाम्खा गाउँपालिकाको सिमा क्षेत्रमा रहेको मुख्य हिल्सा नाका र लिमिलाप्चाबाट अवैध रुपमा भित्रिने गरेको प्रहरीले जनाएको छ । त्यस्तै सिमकोट गाउँपालिकाको चुवा खोला र चंखेली गाउँपालिकाको टांके नाकाबाट पनि उक्त मदिरा भित्रिने गरेको छ । उक्त मदिरा रातीको समयमा ओसार्ने गरेको पाइएको छ । यो मुख्य गरी यहाँका ठुलो व्यपारीहरूले ल्याउने गर्दछन् ।

चीनको ताक्लाकोटबाट हिल्सा नाकासम्म ल्याउने र सो नाकाबाट यता नेपाली व्यपारीहरूले ट्रकमामा जुत्ता भित्र हालेर ल्याउने गरेको पाइएको छ । तर जुत्तामा हालेको कुरा प्रहरीले थाहा नपाउने भएपछि जिल्लामा दिनप्रतिदिन मदिरा भित्रिने क्रम बढ्दो रहेको प्रहरीले जनाएको छ । त्यसै गरि हाल जिल्ला प्रहरी कार्यालय हुम्लाबाट मुद्या चलेर कानुनी प्रक्रियामा गएको ४ सय २ कार्टुन बाँकी रहेको प्रहरी निरिक्षक जंगबहादुर सिंहले बताउनुभयो । प्रहरीले उक्त मदिरा यी विभिन्न नाकाहरूबाट आउन नदिनका लागि कडाइ गरिने समेत प्रहरी निरिक्षक सिंहले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला