स्थानीयको श्रमदानमा काठे पुल निर्माण

Logo
नन्द सिंह आइतबार, जेठ २४, २०८३
सरोकारवाला निकायको पहुँच नपुगेपछि चंखेली गाउँपालका–५ का स्थानीयको श्रमदानमा निर्माण गरिएको काठे पुल ।

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँ नजिकैको मुस्याँडा खोलाको नदिमा स्थानीयले आफ्नै श्रमदानमा काठे पुल निर्माण गरेका छन् । स्थानीयलाई पटक पटक मुस्याँडामा रहेको नदिमा वारपार गर्नका लागि झोलुङ्गे पुल निर्माणको अनुरोध गरे पनि स्थानीयतहका जनप्रतिनिधिले चासो नदेखाएपछि यतिवेला स्थानीयले आफ्नै श्रमदानमा उक्त काठे पुल निर्माण गरेका हुन् ।

नेप्का गाउँदेखि करिव दुई घण्टा टाढाको दुरीमा रहेको मुस्याँडा खोलामा रहेको काठे पुल निर्माण कार्य सम्पन्न भएको छ । सरोकारवाला निकाय लगायत कसैले चासो नराखेपछि नेप्का गाउँका गाउँबासीले करिव तीनदिन लगाएर निर्माण कार्य सम्पन्न गरेको स्थानीय जसबहादुर तामाङले बताउनुभयो । स्थानीय तामाङका अनुसार उक्त नदिमा पुल नहुँदा चीनको सिमाना टाँके नाका पुग्नलाई समस्या हुने गरेको थियो । उक्त टाँके नाका चीन र नेपालको व्यपारीक नाका हो । उक्त नाकाबाट चीनमा पुग्न र चंखेली गाउँपालिकाका बासिन्दालाई केही सामग्रीहरू ल्याउन समेत सहज हुने गर्दछ ।

त्यती मात्रै नभई नेप्का गाउँका पशुचौपायहरू समेत लेक तर्फ लैजाने बाटो सोही खोला हुँदै पार गर्नु पर्दछ । पटक पटक गाउँपालिकालाई यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण गर्न पहल गर्दा पनि सुनुवाई नभएपछि गाउँलेहरू आफै सक्रिया भएर काठको पुल निर्माण गरेको स्थानीय तामाङको भनाई छ । गाउँलेहरू घाँस दाउरा ओसार्ने, पशुचौपाय चरिचरन गर्ने बनजङ्गल उतै पर्ने भएकाले पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । स्थानीयले फलामे पुल र पक्की पुलको सपना वर्षौंदेखि गरे पनि पहल गरेको कुरा कागजमै सीमित रहने गरेको स्थानीय तामाङले गुनासो गर्नुभयो ।

तीनदिन लगाएर गाउँबासीले आफ्नै पसिना बगाएर शनिबारदेखि काठे पुल बनाएर आवतजावत गर्न सफल भएका छन् । पुल नहँदा उक्त खोलामा ज्यान जोखिम मोल्दै वारपार गर्नु पर्ने हुन्थ्यो । पुल निर्माणमा जुटेका नागरिकले कसैले काँधमा काठ बोकेका छन् भने कसैले डोरी तानेर आफ्नो श्रमदान गरेका छन् । विकासको आशामा धेरै वर्ष बिते, धेरै वाचा सुनिए, तर पुलका लागि वजेट सुनिश्चित हुन सकेन स्थानीयले गुनासो गरेका छन् । अन्ततः आफ्नै दुःख, आफ्नै संघर्ष र आफ्नै एकताले काठे पुल खडा गर्नु परेको दुख व्यक्त गरेका छन् । जसले गर्दा दुर्गम, भौगोलिक हिसावले पनि यहाँ राज्यको पहुँच नपुगेको पीडा स्थानीयले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला