हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ ओख्रेनका स्थानीय नागरिक तीन दशकपछि खानेपानीको पहुँचमा जोडिएका छन् । करीव ३० वर्षदेखि सो गाउँका स्थानीयले पर्याप्त मात्रामा खोनपानी उपभोग गर्न नपाएको भन्दै पटक पटक सरकारी निकायलाई अनुरोध गर्दा चासो नराखेपछि यस क्षेत्रका नागरिक उक्त खानेपानीबाट प्रत्येक्ष मारमा परेको स्थानीय हरिबहादुर शाहीले बताउनुभयो ।

उहाँले लामो समय यहाँका स्थानीय उक्त खानेपानीबाट बञ्चित भएपछि गाउँका स्थानीयको सहमतिमा आफ्नो नेतृत्वमा गत कात्तिक महिनामा कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयमामा पहल गरेको बताउनुभयो । कर्णाली प्रदेश पूर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको पहलमा उक्त मन्त्रालयले स्थानीयलाई राहत होस भन्ने उदेश्यले गत पुस ९ गते नानापानीदेखि कराला खानेपानी उपभोक्ता समितिसंग खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय हुम्लामा श्रमदान सहति १८ लाख ५४ हजार १४ रुपियाँ ८३ पैँसा रकममा सम्झौता भएर काम सुचारु भएको उपभोक्ता समितिका अध्यक्ष रामराज शाहीले बताउनुभयो ।

काम गर्ने क्रममा स्थानीयको ३ लाख ६३ हजार ६ सय ४७ रुपियाँ थप खर्च भएको अध्यक्ष शाहीले बताउनुभयो । काम सम्पन्न भएपछि खर्च भएको रकम चुस्तदुरुस्त देखाउनका लागि आइतबार स्थानीयतहका जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय नागरिकहरूविच सार्वजनिक सुनुवाई समेत गरिएको थियो । यतिवेला ओख्रेन गाउँका ५२ घरधुरी मध्ये १८ घरधुरीका नागरिक खोपानीको पहुँजमा जोडिएका छन् भने अन्य ३४ घरधुरी अझै एउटा खुल्ला पाइपमा आएको पानीका भरमा रहेका छन् । तर १८ घरधुरीका प्रत्येमा एक घर एक धाराको निर्माण कार्य सम्पन्न भएर शुद्ध प्युनेपानीबाट लाभाञ्वित भएका छन् ।

अन्य गाउँका ३४ घरधेरीलाई भने लुगा धुन, सरसफाइ गर्न र प्युने पानीको समेत प्रभाव परेको छ । गाउँमै पहिलो पटक उक्त योजनाको सार्वजनिक सुनुवाई गर्नु भनेको गाउँका नागरिकका लागि खर्च विवरण प्रस्ट हुने गरेको सिमकोट गाउँपालिका कार्यपालिका सदस्य टसी विकले बताउनुभयो । उक्त निर्माण गरिएका खानेपानीका धारहरूलाई अवदेखि स्थानीयले संरक्षण गर्नु पर्ने उहाँले बताउनुभयो । हाल निर्माण गरिएको खाने पानीको मुहान करीव दुई किलो मिटर टाढा रहेको छ भने ८ हजार लिटरको रहेको छ ।

