तार जालिमा फसेकाे भालुकाे सफल उद्वार

Logo
Karnali serophero बिहिबार, आषाढ ११, २०८३

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–४ याल्वाङमा तार जालिमा फसेको जंगली भालुको डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक टोलीले सफल उद्धार गरेको छ । पाक्न लागेको जेठासी बाली खान खेतबारीमा प्रवेश गरेको भालु बाहिरर निस्कने क्रममा किसानले लगाएको ग्याबिन तारमा अल्झिएर फसेको थियो।

भालु फसेको जानकारी प्राप्त हुनासाथ डिभिजन वन कार्यालय सिमकोटबाट वन अधिकृत अज रावलको नेतृत्वमा अधिकृत कमल रावलसहितको उद्धार टोली घटनास्थलतर्फ परिचालित भएको थियो।
टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै भालु अल्झिएको ग्याबिन तार काटेर सुरक्षित रूपमा उद्धार गरी पुनः प्राकृतिक वासस्थानमा छाडेको डिभिजन वन अधिकृत महेश कुमाईले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार भालु रातिको समयमा जेठासी बाली खान खेतबारीमा प्रवेश गरेको थियो । बारीबाट बाहिरिने क्रममा ग्याबिन तारमा फसेपछि लामो समयसम्म छटपटाइरहेको अवस्थामा स्थानीयले देखेका थिए । घटनापछि स्थानीयवासीले तत्काल वन कार्यालयलाई खबर गरेका थिए ।

डिभिजन वन कार्यालयका अनुसार समयमै उद्धार टोली घटनास्थल पुगेकाले कुनै मानवीय वा वन्यजन्तुको क्षति हुन नपाई उद्धार कार्य सफल भएको हो । उद्धारपश्चात् भालुको स्वास्थ्य अवस्था सामान्य रहेको र भालुलाई नजिकैको सुरक्षित वन क्षेत्रमा छाडिएको छ।

याल्वाङमा भएको यो घटनाले वन्यजन्तु संरक्षणप्रति स्थानीय समुदाय र वन कार्यालयको सक्रियता तथा संवेदनशीलता उजागर गरेको छ। समयमै गरिएको उद्धारले एक दुर्लभ वन्यजन्तुको जीवन जोगाउनुका साथै मानव–वन्यजन्तु सहअस्तित्वको सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीको भनाइ छ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला