हुम्ला । हुम्लामा सात दिनकाे अवधिमा करिव ९२ लाख रुपियाँ रकम बराबरको मदिरा बरामद गरेकाे छ ।
गत साउन २८ गते नाम्खा गाउँपालिका २ को नावलथाङबाट ५१ लाख ९३ हजार ६ सय बराबरको अवैध चिनियाँ मदिरा बरामद गरेकाे चार दिन नवित्दै साउन ३१ गते पुन: ३९ लाख ६६ हजार रुपियाँ बराबरको मदिरा बरामद गरेकाे हाे ।
उक्त मदिरा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको नेतृत्वमा अनुगमन गएको टोलीले नाम्खा गाउँपालिका-२ काे छुङसामा बेवारिसे अवस्थामा राखिएकाे अवैध चिनियाँ मदिरा र बडवाइजर क्यान बियर फेला पारेकाे थियाे ।
बेवारिसे अवस्थामा फेला परेकाे मदिरा साेहि ठाउँमा नष्ट गरेकाे प्रमुख जिल्ला अधिकारी भाेलानाथ गुरागाइले बताउनुभयो ।
नाम्खाकाे छुङसा चौरमा लुकाइ राखेको अवस्थामा ६०६ कार्टुन अवैध चिनियाँ मदिरा, ५४ कार्टुन बडभाइजर क्यान बियर र एक कार्टुन हुस्की नष्ट गरिएको हो ।
सात हजार २७२ बोतल अवैध चिनियाँ मदिरा र एक हजार २९६ बोतल बडवाइजर क्यान बियर र १२ बोतल हुस्की नष्ट गरेको प्रमुख जिल्ला अधिकारी गुरागाइले जानकारी दिनुभयाे ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी र नाम्खा गाउँपालिका-४ का वडाध्य लातार लामाको रोहबरमा नाम्खा गाउँपालिका छुङसा चौर पुगेर लुकाइ राखेको अवैध अखाद्य वस्तु चिनियाँ मदिरा नष्ट गरेको प्रजिअ गुरागाइले बताउनुभयाे ।
