हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नम्बर वडा कार्यालयमा राखिएको वल्डिङ सेवा अज्ञात समूहले तोडफोड गरेको छ ।
असोज २ गते सोमबार राति अपरिचित समूहले वडा कार्यालयमा रहेको वल्डिङ सेवा तोडफोड गर्नुका साथै त्यहाँ रहेका सामग्रीमा क्षति पुर्याएको वडा अध्यक्ष हर्कधन तामाङले जानकारी दिनुभयो ।
इन्टरनेट तथा नेटवर्कसम्बन्धी सेवा प्रदान गर्ने उक्त उपकरणमा तोडफोड भएपछि सेवा सञ्चालनमा समस्या उत्पन्न भएको छ ।यसबाट स्थानीय नागरिकलाई इन्टरनेट तथा नेटवर्कसम्बन्धी सेवा लिन कठिनाइ हुने वडा अध्यक्ष तामाङले बताउनुभयो ।
सार्वजनिक सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयमा राखिएको उक्त सेवा तोडफोड हुँदा स्थानीयस्तरमा सञ्चालित सेवा प्रभावित हुने अवस्था आएको उहाँको भनाइ छ ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान नखेलेकाले उनिहरुकाे खोजी भइरहेको जनाइएको छ । स्थानीयस्तरमा इन्टरनेट तथा नेटवर्कसम्बन्धी सेवा प्रवाहका लागि राखिएको उपकरणमा तोडफोड भएपछि सेवा नियमित सञ्चालन गर्न समस्या हुने भएकाे छ ।
घटनाका विषयमा हालसम्म प्रहरीलाई जानकारी नगराएको अध्यक्ष तामाङकाे भनाइ छ ।
