छुटेका बालबालिकालाई लगाइयो दादुरा–रुबेला विरुद्धको खोप

नाम्खा गाउँपालिका–६ स्थित लिमीका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइएको छ ।
Logo
नन्द सिंह बिहिबार, चैत्र २९, २०८०

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित लिमीका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइएको छ । लिमी जानका लागि नारा लेखबाट पैदल बाटो खुल्दा भ्याक्सिन लिमीको स्वास्थ्य चौकीमा पुगेपछि खोप लगाउन सफल भएको हो । गत फागुन २५ देखि चैत ७ गतेसम्म जिल्ला भरी उक्त खोप कार्य सम्पन्न गरि सक्ने भनिएता पनि जिल्लाका ४४ वडा मध्येको एक मात्रै लिमिमा खोप सञ्चालन गर्न सकिएको थिएन ।

तर पनि नाम्खा गाउँपालिका र स्वास्थ्य शाखाको समन्यमा एक जना कार्यालय सहयोगिलाई तीदिन लगाएरु नारा लेक हुँदै लिमिमा खटाएपछि लिमि स्वास्थ्यचौकी मार्फत नौ महिनादेखि पाँच वर्षमुनिका १२ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए ।

यस अघि जिल्लामा भएको समिक्षा कार्यक्रममा लिमिका ५४ जना बालालिकालाई खोप लगाउने तार्गेट भए पनि हाल लिमिमा जम्मा १२ जना बालबालिका मात्रै रहेको र उनिहरु सबैलाई खोप लगाउने कार्य सम्पन्न भएको संयोजक लामाले बताएका हुन् । यस अघि स्वास्थ्य सेवा कार्यालय हुम्लाले लिमि स्वासथ्यचौकी सम्म भ्याक्सिन लैजानका लागि हेलिकप्टरको व्यवस्था गराउन प्रमुख जिल्ला अकिारी समक्ष अनुरोध गरे पनि उक्त पहल पुरा नभएपछि सो क्षेत्रका बालालिका उक्त खोपबाट बञ्चित हुनु परेको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला