ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Logo
Karnali serophero बुधबार, आश्विन २८, २०८३

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार साँझ ६ः०५ बजे चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक सिमकोट गाउँपालिका–६ निवासी धानुक सुनारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दोजाम निवासी ३० वर्षीय नाकु लामाले चलाएको उक्त ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको थियो। दुर्घटनाका क्रममा ट्याक्टरको टायरमा परेर सहचालक सुनारको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

ट्याक्टर चालक लामाले टेलिफोनमार्फत प्रहरी चौकी ठेहेमा घटनाबारे जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक हरि बहादुर काउछाको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनास्थल प्रहरी चौकी ठेहेबाट पूर्वतर्फ करिब तीन घण्टा पैदल दूरीमा रहेको छ। दुर्घटनापछि चालक, मृतकको शव र ट्याक्टर घटनास्थलमै रहेको जनाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको र ठेहे प्रहरी चाैकीकाे टाेलि घटनास्थल तर्फ जादै गरेकाे प्रहरी नायव उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला